कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित

कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ– कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिनुभएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको हो ।

बैठकको आजको कार्यसूचीमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेलगायतका कार्यसूची रहेको थियो ।

यसैगरी अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको थियो ।

वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो ।

अध्यक्ष दाहालले विपक्षी दलका सांसदलाई निर्धारित कार्यसूची अगाडि बढाउन पटकपटक आग्रह गर्नुभए पनि विरोध जारी रहेपछि बैठक स्थागित भएको छ । सभाको अर्को बैठक यही जेठ २६ गते मङ्गलबार अपराह्न १ः१५ बजे बस्ने छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता – सार्वजनिक सेवा प्रसारण संस्था

आइतबारको बिदा खारेज गर्न लागिएको होइन 

आइतबारको बिदा खारेज गर्न लागिएको होइन 

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’