सेमिफाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित

सेमिफाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित

काठमाडौँ- भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल साविक विजेता बंगलादेशसग २-१ गोल अन्तरले पराजित भएको छ ।

गोवाको जवाहरलाल नेहरु रगशालामा अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल हार बेहोर्न बाध्य भएको हो । बंगलादेशसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले खेलको २३ औ मिनेटमा गिता रानाको गोलबाट अग्रता बनाएको थियो । तर ४६ औं मिनेटमा ऋतु पोर्ना चक्माले बराबरी गोल फर्काइन् ।

प्रतिस्पर्धात्मक खेल खेलेको नेपाल विरुद्ध इन्जुरी समयमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई तेस्रोपटक फाइनलमा पुर्याइन् ।

विगत १६ वर्षदेखि उपविजेतामा सिमित बनेको नेपाली टोली यसपटक पनि इतिहास रच्नबाट चुकेको छ ।

समूह चरणमा नेपालले पहिलो खेलमा भुटानलाई १-० गोलले हराउदा अन्तिम खेलमा श्रीलङ्कालाई २-० गोल अन्तरले हराउदै सेमिफाइनल यात्रा तय गरेको थियो ।

सन् २०१० देखि आयोजना हुँदै आएको च्याम्पियनसिपको यात्रामा अधिकांश सस्करणमा सेमिफाइनलमा पुगेको नेपालले उपाधि भने जित्न सकेको छैन ।

सन् २०२२ मा भएको साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशले नेपाललाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी