नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा लैजान भारत प्रतिबद्ध छ- मोदी

 नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा लैजान भारत प्रतिबद्ध छ- मोदी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भेटवार्ता भएको छ। भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको सन्देश दिनुभएको छ।

प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग भेट गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै साझा समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको इच्छालाई स्वागत तथा समर्थन गरेको बताउनुभएको छ।

मोदीले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत प्राथमिक साझेदार राष्ट्रका रूपमा व्याख्या गर्दै नेपालसँगको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन भारत इच्छुक रहेको उल्लेख गर्नुभएको छ।

“नेपाल हाम्रो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदार हो। नेपालमा नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन हामी उत्सुक छौँ,” मोदीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ।

लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएको छ। भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री मोदीसहित विभिन्न राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको  छ।

नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा द्विपक्षीय सहकार्यका सम्भावनाबारे भेटमा छलफल भएको लामिछाने सचिवालयले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित