सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौँ-भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ । उहाँहरूबीच भएको छलफल भारत–नेपाल विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूमा केन्द्रित रहेको र यी सम्बन्धहरूले विकास र समृद्धिलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

नयाँ दिल्लीमा आज रास्वपाका सभापति लामिछाने तथा उहाँको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको भारतका विदेशमन्त्री जयशङ्करले सामाजिक सञ्जालमार्र्फत उल्लेख गर्नुभएको छ ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेको हो । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता

बागमती प्रदेशसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेशसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

नेप्से परिसूचक २२.२१ अङ्कले बढ्यो 

नेप्से परिसूचक २२.२१ अङ्कले बढ्यो 

वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित