स्वदेशमा अवसर पाएनन, भारतमा मासिक डेढ लाख कमाइ – सार्वजनिक सेवा प्रसारण संस्था

स्वदेशमा अवसर पाएनन, भारतमा मासिक डेढ लाख कमाइ – सार्वजनिक सेवा प्रसारण संस्था

महेन्द्रनगर- कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहलमा व्याडमिन्टन खेलको स्वयंसेवक प्रशिक्षकका रुपमा सात वर्ष काम गरेका विवेक थापा (बिक्की) यतिबेला भारतको कर्नाटक राज्यको बैङ्ग्लोरमा प्रशिक्षणमा जमेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्बाट एनआइएस तालिम गरेर प्रशिक्षकको योग्यता हासिल गरेका थापा विगत दश वर्षदेखि बैङ्ग्लोरमा व्याडमिन्टन प्रशिक्षण गराइरहेका छन् । नेपालमा छँदा कञ्चनपुरबाट अन्तरराष्ट्रियस्तरसम्मका  खेलाडी उत्पादन गरेका थापाले बैङ्ग्लोरमा पनि प्रदेशस्तरमा उपाधि विजेता खेलाडी उत्पादन गरिसकेका छन् ।

सन् २०१७ मा बैङ्ग्लोर पुगेर वाइटफिल्ड स्पोर्टस् सेन्टरमा व्याडमिन्टन प्रशिक्षकका रुपमा कार्यरत थापा पछिल्लो समय बैङ्ग्लोरको वाइटफिल्ड क्षेत्रका परिचित प्रशिक्षक कहलिएका छन् । थापाले स्पोर्टस् सेन्टरमा उत्पादन गरेका बैङ्ग्लोरका महिला खेलाडी माहिता नायडु अहिले कर्नाटक राज्यको यु–१५ व्याडमिन्टनतर्फ च्याम्पियन बनेकी छिन् । नायडु यु–१३ मा पनि राज्यको  च्याम्पियन नै थिइन् । हाल उनले एक सय ५० भन्दा बढी खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । खेलाडी नायडु कर्नाटकको एकल र डबल्सतर्फकी च्याम्पियन हुन् ।

महेन्द्रनगरमा प्रशिक्षक रहँदा थापाले यहाँबाट दिपेश धामी, चिरन विष्ट, मेघा चन्द, रञ्जना भट्ट, पुरन भण्डारीलगायत दर्जन बढी खेलाडी उत्पादन गरेका थिए । यिमध्ये केही खेलाडीले अन्तरराष्ट्रियस्तरसम्म खेलमा सहभागिता जनाइसकेका छन् । उनले उत्पादन गरेका केही खेलाडी अहिले पनि राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् ।

“नेपालमा मैले प्रशिक्षण गराएका १० जनाभन्दा बढी खेलाडीले अन्तरराष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाइसकेका छन्”, प्रशिक्षक थापाले भने, “अहिले बैङ्ग्लोरमा मेहनत गरेअनुसार राज्य स्तरीयसम्म्मका खेलाडी उत्पादन भइरहेका छन् ।”

नेपालमा रहँदा करार प्रशिक्षकका लागि थापाले निकै दौडधुप गरेका थिए । यसका लागि उनले विभिन्न निकाय धाए । कुनै सीप नचलेपछि उनी भारत पलायन भएका हुन् । “थोरै पारिश्रमिकमा पनि आफ्नै देशमा खेलाडी उत्पादन गर्ने चाहना थियो, तर त्यो अवसर पाउन सकिन”, प्रशिक्षक थापाले भने । उनले अहिले भारतमा खेलाडी उत्पादन गरिरहँदा रु एक लाख ५० हजारभन्दा बढी मासिक कमाइ गरिरहेका छन् ।

प्रशिक्षक थापाले आफू कार्यरत स्पोर्टस् सेन्टरमा नेपालका पूर्वखेलाडी गोकुल जोरा, निखिल भट्ट, सौरभ बम, प्रतीक चन्द र जितेन्द्र शर्मालाई प्रशिक्षकका रुपमा काममा लगाएका छन् । “स्पोर्टस् सेन्टरका साथै अपार्टमेन्टमा पनि व्याडमिन्टन सिकाउँछु”, प्रशिक्षक थापाले भने । उनी विराटनगरका व्याडमिन्टन प्रशिक्षक उत्तम सिंखडाका माध्यमबाट बैङ्ग्लोर पुगेका हुन् । महेन्द्रनगरमा छैटौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका बखत थापाले तीन महिना स्वयंसेवक प्रशिक्षकका रुपमा काम गरेका थिए । स्वदेशमा पाएको यही नै उनको एउटा मात्र अवसर थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता

बागमती प्रदेशसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेशसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

नेप्से परिसूचक २२.२१ अङ्कले बढ्यो 

नेप्से परिसूचक २२.२१ अङ्कले बढ्यो 

वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित