आइतबार बसेको संसद बैठकमा भएको अमर्यादित व्यवहार जाँचबुझ गर्न समिति गठन

आइतबार बसेको संसद बैठकमा भएको अमर्यादित व्यवहार जाँचबुझ गर्न समिति गठन

काठमाडौँ- जेठ १७ गते आइतबारको प्रतिनिधिसभा बैठकमा केही सांसदहरुले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरेको विषयमा जाँचबुझ गर्न संसदले जाँचबुझ समिति गठन गरेको छ ।

सोमवारको बैठकमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा संसदीय जाँचबुझ समिति गठन गरिएको सभामुख डिपी अर्यालले सभामुख समक्ष जानकारी गराउनु भयो ।

सभामुखसमक्ष सात दिनभित्र प्रतिवेदन पेश गर्नेगरी संसद नियमावली २०८३ को नियम ३३ (४) अनुसार समिति गठन गरिएको सभामुख  अर्यालले संसद बैठकलाई जानकारी गराउनुभयो ।

सोमबार बसेको संसद बैठकमा उहाँले सो जानकारी गराउँदै समितिमा संघीय संसद सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहने सभामुख अर्यालले जानकारी गराउनुभयो ।

त्यसैगरी प्रतिनिधिसभा नियमावलीको नियम ३१ (४) बमोजिम आवश्यक कारवाहीका लागि सिफारिस गर्न सकिने पनि सभामुखले समितिलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार १ बजे बस्नेछ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने  सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने  सरकारको लक्ष्य

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच शिष्टाचार भेट

बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

आइतबार बसेको संसद बैठकमा भएको अमर्यादित व्यवहार जाँचबुझ गर्न समिति गठन

आइतबार बसेको संसद बैठकमा भएको अमर्यादित व्यवहार जाँचबुझ गर्न समिति गठन

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

दुर्घटना ३ को मृत्यु, ५ गम्भीर घाइते

दुर्घटना ३ को मृत्यु, ५ गम्भीर घाइते