
काठमाडौँ- राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज भएको खेलमा इरानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेसँगै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो । जितसँगै इरान भने प्रतियोगिताको फाइनलमा पुगेको छ ।
नेपाल इरानसँग २०–२५, १५–२५ र २५–११ ले पराजित भएको हो ।
अब इरानले फाइनमा कजकस्तानसँग खेल्नेछ ।
आजै भएको पहिलो सेमिफाइनल खेलमा कजाखस्तानले भारतलाई ३–० कै सोझो सेटमा हराएर फाइनल पुगेको हो । फाइन खेल भोलि शुक्रबार हुनेछ ।।

