आजको मौसम पूर्वानुमान – सार्वजनिक सेवा प्रसारण संस्था

आजको मौसम पूर्वानुमान – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार काठमाडौँलगायत देशका विभिन्न स्थानमा हुरीका साथमा हल्का वर्षा भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भाग तथा बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हुरीको पनि सम्भावना रहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पौवादुङमामा तीन सय किसानलाई हातेट्याक्टर

पौवादुङमामा तीन सय किसानलाई हातेट्याक्टर

आजको मौसम पूर्वानुमान – सार्वजनिक सेवा प्रसारण संस्था

आजको मौसम पूर्वानुमान – सार्वजनिक सेवा प्रसारण संस्था

च्याङथापूका २६ घर उच्च जोखिममा

च्याङथापूका २६ घर उच्च जोखिममा

कोशी प्रदेशसभा बैठक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

कोशी प्रदेशसभा बैठक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

जेठ १५ गते अपराह्न ४ बजे आगामी आर्थिक वर्षको बजेट पेश हुने

जेठ १५ गते अपराह्न ४ बजे आगामी आर्थिक वर्षको बजेट पेश हुने

भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने  विद्यालयहरूको ठेक्का सम्झौता सम्पन्न

भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने  विद्यालयहरूको ठेक्का सम्झौता सम्पन्न

शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक