Monday, 9 November 2026
ब्रेकिङ
समाचार

कोशी प्रदेशसभा बैठक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

कोशी प्रदेशसभा बैठक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था




विराटनगर-कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज पनि अवरुद्ध भएको छ ।

सभामुख अम्बरबहादुर विष्टले बैठक सञ्चालन गर्दै जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बूलाई बोल्ने समय दिनासाथ प्रमुख प्रतिपक्ष दल विरोधमा उत्रेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपाका सांसद राजेन्द्र राई ड्यासतर्फ प्रवेश गर्न लागेपछि मर्यादापालकले रोकेका थिए ।

परिस्थिति प्रतिकूल बनेपछि सभामुखले आधा घण्टाका लागि स्थगन गर्नुभएको बैठक अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असहमति जनाउँदै हिजोदेखि प्रमुख प्रतिपक्ष दलले बैठक अवरुद्ध गर्दै आएको छ ।

Source link

तपाईंको प्रतिक्रिया