भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने  विद्यालयहरूको ठेक्का सम्झौता सम्पन्न

भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने  विद्यालयहरूको ठेक्का सम्झौता सम्पन्न

काठमाडौँ –  भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालका ८ जिल्लामा १४ वटा विद्यालय निर्माणका लागि ठेक्का सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौँ, काभ्रेपलान्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा निर्माण गरिने विद्यालयका लागि ठेकेदार कम्पनीहरूसँग सम्झौता गरेको हो ।

भारतीय राजदूतावासका अनुसार यी विद्यालयहरू भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहायता कार्यक्रम अन्तर्गत  ५६ करोड २ लाख रुपैयाँको अनुदान सहयोगमा निर्माण हुनेछन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका काउन्सलर, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक, इकाईका अधिकारीहरू तथा ठेकेदार कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।

निर्माण गरिने विद्यालयहरू नेपाल सरकारको भूकम्प प्रतिरोधी पुनर्निर्माण मापदण्डअनुसार तयार गरिने जनाइएको छ । विद्यालय भवनमा फर्निचरसहितका कक्षाकोठा तथा छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय संरचना रहनेछन् ।

यसअघि भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत ८ जिल्लामा ७० वटा विद्यालय तथा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण सम्पन्न भई सन् २०२४ जनवरीमा नेपाल सरकारलाई हस्तान्तरण गरिसकिएको भारतीय पक्षले जनाएको छ ।

भूकम्पपछिका पुनर्निर्माण परियोजनाहरू लगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरूसँग निरन्तर सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको काठमाडौँ स्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

कोशी प्रदेशसभा बैठक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

कोशी प्रदेशसभा बैठक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

जेठ १५ गते अपराह्न ४ बजे आगामी आर्थिक वर्षको बजेट पेश हुने

जेठ १५ गते अपराह्न ४ बजे आगामी आर्थिक वर्षको बजेट पेश हुने

भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने  विद्यालयहरूको ठेक्का सम्झौता सम्पन्न

भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने  विद्यालयहरूको ठेक्का सम्झौता सम्पन्न

शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आठ विश्वविद्यालयका उपकुलपतिका लागि योग्य दरखास्त स्वीकृत

आठ विश्वविद्यालयका उपकुलपतिका लागि योग्य दरखास्त स्वीकृत

भदौ २३ र २४ गतेको घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक (पूर्ण पाठ)

भदौ २३ र २४ गतेको घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक (पूर्ण पाठ)

अदालतमा गोला प्रक्रिया निरन्तर – सार्वजनिक सेवा प्रसारण संस्था

अदालतमा गोला प्रक्रिया निरन्तर – सार्वजनिक सेवा प्रसारण संस्था