सञ्चारमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

सञ्चारमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा व्यापक अनियमितता र चलखेल हुने गरेको गुनासो आएपछि त्यसलाई रोक्नुपरेको बताउनु भएको छ ।

दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रुपमा रहेको रेडियो सगरमाथा को ३० औं वार्षिकोत्सबका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रभित्र वास्तविक आवश्यकता भएका संस्थाले राज्यको सहयोग नपाउने तर केही संस्थाले दुरुपयोग गरिरहेको अवस्थाबारे पर्याप्त आवाज नउठेको टिप्पणीसमेत गर्नुभयो ।

“पाउनुपर्ने मिडियाले सहयोग पाइरहेका छैनन्, तर नपाउनुपर्नेले दुरुपयोग गरिरहेका छन् भन्ने विषयमा सञ्चार क्षेत्रबाट बलियो आवाज उठ्न सकेन,” उहाँले भन्नुभयो । उहाँले श्रमजीवी पत्रकार, अनुसन्धानकर्ता, प्राज्ञिक क्षेत्र तथा सरोकारवालाले समेत यस विषयमा पर्याप्त अध्ययन, अनुसन्धान तथा बहस नगरेको धारणा राख्नुभयो ।

सरकारी स्रोत जनताको करबाट संकलित हुने भएकाले त्यसको उपयोग पारदर्शी, उत्तरदायी र जनहितमुखी हुनुपर्नेमा मन्त्री तिमिल्सिनाले जोड दिनुभयो । त्यस्तै लोककल्याणकारी विज्ञापनमार्फत राज्यले सञ्चार क्षेत्रलाई सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले हरेक वर्ष करिब ३० करोड रुपैयाँभन्दा बढी रकम यस शीर्षकमा खर्च हुने गरेको जानकारी दिनुभयो ।

उहाँले अहिलेको मिडिया परिदृश्य केही अलमलिएको, बाटो बिराइएको र असन्तुलित जस्तो देखिएको टिप्पणी गर्दै जनताको हितमा काम गर्ने सञ्चारमाध्यमले मात्रै राज्यको सहयोग पाउनुपर्ने बताउनुभयो । त्यसका लागि सञ्चार क्षेत्रबाट सुझाव, सहकार्य र सुधारका लागि रचनात्मक बहस आवश्यक रहेको उहाँको भनाइ थियो ।

“अबका दिनमा सरकारले तथ्यमा आधारित भएर सुधारका काम थाल्न हस्तक्षेपकारी कदमहरू चाल्नेछ,” मन्त्री तिमिल्सिनाले भन्नुभयो, “यसलाई प्रभावकारी बनाउने विषयमा सञ्चार क्षेत्रको सुझाव महत्त्वपूर्ण हुनेछ ।”

सरकारले आगामी दिनमा सरकारी विज्ञापन, लोककल्याणकारी विज्ञापन तथा अन्य सहयोग प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र जनमुखी बनाउने तयारी गरिरहेको उहाँको भनाइ छ ।सञ्चारमन्त्री तिमिल्सिनाले सामुदायिक रेडियोहरूलाई समयानुकूल प्रविधिसँग जोडेर थप सशक्त बनाउन सरकार तयार रहेको बताउनुभयो ।

“आज पनि सामुदायिक रेडियोहरूको महत्त्व घटेको मैले महसुस गरेको छैन । बरु प्रविधिसँग कसरी अनुकूल हुने र आफ्नो अस्तित्वलाई दीगो बनाउने भन्ने चुनौती अहिलेको मुख्य प्रश्न हो”उहाँले भन्नुभयो ।गाउँगाउँसम्म सूचना प्रवाह गर्न सामुदायिक रेडियोहरूको भूमिका अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले भविष्यमा सामुदायिक रेडियोलाई कसरी जोगाउने, सुदृढ बनाउने र दिगो रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिनुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले नेपाली सञ्चार क्षेत्रमा नैतिक, उत्तरदायी र निष्पक्ष पत्रकारिताको अभ्यासलाई निरन्तर अघि बढाउन र आगामी दिनमा पनि मिडिया क्षेत्रलाई सही दिशामा लैजान सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।
“अहिलेको मिडिया ल्यान्डस्केप केही अलमलिएको, बाटो बिराइएको र असन्तुलित जस्तो देखिन्छ,” उहाँले भन्नुभयो, “यसलाई सङ्ग्ल्याउन अझ प्रभावकारी र सशक्त सञ्चार माध्यामका रुपमा भूमिका खेल्न सकुन ।

उहाँले सामुदायिक पत्रकारिताको सुदृढीकरणका लागि सरकार, सञ्चार संस्था तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै निष्पक्षता, व्यावसायिकता र जनमुखी पत्रकारिताको अभ्यासलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन