सावधानी अपनाउन अनुरोध – सार्वजनिक सेवा प्रसारण संस्था

सावधानी अपनाउन अनुरोध – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु)सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ ।

विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार शुक्रबार साँझ जारी बुलेटिनमा आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध गरेको हो ।

विभागका मौसमविद् सञ्जिव अधिकारीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागहरूमा आगामी ३ दिनसम्म मध्यम तातो लहर तथा पहाडी भू–भागमा तातो दिन हुने सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विशेष बुलेटिनमार्फत अनुरोध गरिएको बताउनुभयो ।

उहाँका अनुसार सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मिति यही ६ गतेदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । साथै सुदुरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ ।

प्रभावित जिल्लाहरू

विभागका अनुसार सतर्कता अपनाउनुपर्ने जिल्लाहरुमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुुपर्ने जिल्लाहरुमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु रहेका छन् ।

विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न पनि अनुरोध गरेको छ ।

विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा) लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउन भनेको छ ।

यस्तै नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ ।

विभागले मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिन नियमित रूपमा अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Sydney Sweeney, Marilyn Monroe, More Celebs Who Are Related

Sydney Sweeney, Marilyn Monroe, More Celebs Who Are Related

“Hero nahi…tu actor hai” – Shah Rukh Khan Recalls Nana Patekar’s advice

“Hero nahi…tu actor hai” – Shah Rukh Khan Recalls Nana Patekar’s advice

Nana Patekar Death Update | Nana Patekar Wife Son Family | Who Is Neelkanti Patekar | Was Nana Patekar Neelkant Patekar Divorced | Nana Patekar Neelkanti Patekar Separation Reason

Nana Patekar Death Update | Nana Patekar Wife Son Family | Who Is Neelkanti Patekar | Was Nana Patekar Neelkant Patekar Divorced | Nana Patekar Neelkanti Patekar Separation Reason

Thalapathy Vijay’s son Jason Sanjay to make his acting debut with Sigma makers? Here’s what we know

Thalapathy Vijay’s son Jason Sanjay to make his acting debut with Sigma makers? Here’s what we know

Drew Barrymore’s Beautiful Walmart Kitchen Line Is All Under 0

Drew Barrymore’s Beautiful Walmart Kitchen Line Is All Under $100

Nana Patekar To Be Seen For The Last Time In Shakti Shalini Alongside Aneet Padda

Nana Patekar To Be Seen For The Last Time In Shakti Shalini Alongside Aneet Padda

Nana Patekar Death Tanushree Dutta Reaction | Tanushree Dutta First Reaction Nana Patekar Death | Tanushree Dutta Calls Nana Patekar Evil | Tanushree Dutta Nana Patekar Controversy | Tanushree Dutta Nana Patekar MeToo Controversy | When Did Nana Patekar Die