पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

पाल्पा- पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चा रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जंगली च्याउ खाएपछि बिरामी भएका उनीहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार खाम्चाको हिजो बुधबार र कामुको अस्ति मंगलबार मृत्यु भएको हो ।

यस्तै जंगली च्याउ खाँदा जिल्लामा दर्जनबढी बिरामी रहेका छन् । जसमध्ये तानसेन नगरभित्रका ८ वर्षीय बालक र रम्भास्थित ताँहुकी ५० वर्षीया महिलाको अवस्था गम्भीर रहेको छ ।

बालकोको लुम्बिनी मेडिकल कलेजको आइसियू र महिलाको युनाइटेड मिसन अस्पतालमा उपचार जारी रहेको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

यस्तै जंगली च्याउ खाएर बिरामी भएका माथागढी-३ कसेनीका चार जनालाई लुम्बिनी मेडिकल कलेजमा उपचारपछि कही दिन अघि डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

तानसेनको भालुवनका चार जना मिसन अस्पतालमा उपचाररत छन् ।

उता निस्दी-४ झ्याटुङ्गमा पनि जंगली च्याउ खाएपछि बिरामी भएका दुई जनाको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार

हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चारजना पत्रकारलाई

हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार चारजना पत्रकारलाई

असोज ७ गतेदेखि मनसुन प्रणाली थप सक्रिय हुने, वर्षा गराउने गतिविधि बढ्न सक्ने

असोज ७ गतेदेखि मनसुन प्रणाली थप सक्रिय हुने, वर्षा गराउने गतिविधि बढ्न सक्ने