एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

ढोरपाटन (बागलुङ)- विकासका हिसाबले ओझेलमा परेको रामतोला गाउँ जोड्ने सडक कालोपत्र गरिएको छ । सदरमुकाम रहेको बागलुङ नगरपालिकामा पर्ने रामतोला गाउँ जोड्ने सडक पहिलोपटक कालोपत्र गरिएको हो ।

भौगोलिक विकटताका कारण पछाडि परेको यस गाउँलाई जोड्न २०७२ सालमा मार्ग खुलेको थियो । मार्ग खुलेको ११ वर्षपछि अहिले कालोपत्र गरिएको हो । सडकको बागलुङ नगरपालिका–१० भकुण्डे डोटेतालदेखि रामतोलासम्म करिब पाँच किलोमिटर पर्छ । यस वर्ष स्तरोन्नतिसहित एक किलोमिटर कालोपत्र गरेर सुरुआत भएको बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो । पहिलो चरणमा अत्यन्तै साँघुरो र अप्ठ्यारो रहेको स्थानबाट कालोपत्र गरिएको उहाँको भनाइ छ ।

अध्यक्ष गौतमले भन्नुभयो, “जिल्ला सदरमुकामै पर्ने भए पनि रायडाँडा, रामतोला गाउँ विगतदेखि नै ओझेलमा पर्दै आएका थिए, यस वर्ष सङ्घीय सरकारको लगानीमा रामतोला गाउँ जोड्ने सडकको थालनी गरेका छौँ, अब हरेक वर्ष निरन्तर काम गर्दै गएर गाउँसम्मै कालोपत्र सडक पुग्ने छ ।”

सङ्घीय सरकारले विनियोजन गरेको रु दुई करोड ९५ लाखमा उक्त सडक कालोपत्र भएको हो । सडक डिभिजन कार्यालयमार्फत कालोपत्रको काम भएको हो । विसं २०८२ वैशाखमा हिलसाइड÷पीके जेभीले आगामी जेठ २५ गते सक्नेगरी जिम्मा पाएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर विष्णु लामिछानेले जानकारी दिनुभयो ।

एक किलोमिटर सडक फराकिलो बनाउने, नाली निर्माण, ग्याविन लगाउनेदेखि कालोपत्र गर्नेसम्मको काम गरेको उहाँको भनाइ छ । ट्रयाक खुलेदेखि अहिलेसम्म स्तरोन्नति नहुँदा कम दूरीको सडक कालोपत्र गर्न ठूलो लागत लागेको इन्जिनियर लामिछाने बताउनुहुन्छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

बाजुराको सरकारी टोली बडीमालिका प्रस्थान

प्रहरी महानिरीक्षक कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

प्रहरी महानिरीक्षक कार्की – सार्वजनिक सेवा प्रसारण संस्था

भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ: मन्त्री रावल

भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ: मन्त्री रावल

अपाङ्गता भएका करिब एकचौथाइ बालबालिका विद्यालय शिक्षाबाट वञ्चित

अपाङ्गता भएका करिब एकचौथाइ बालबालिका विद्यालय शिक्षाबाट वञ्चित

पहिरो प्रभावित बस्तीको स्थलगत निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना

पहिरो प्रभावित बस्तीको स्थलगत निरीक्षणमा सञ्चारमन्त्री तिमिल्सिना

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

लामिछाने – सार्वजनिक सेवा प्रसारण संस्था

लामिछाने – सार्वजनिक सेवा प्रसारण संस्था