‎अन्तर्राष्ट्रिय मार्सल आर्ट्समा कोहलपुरकी विष्णु र सुजतालाई स्वर्ण 

‎अन्तर्राष्ट्रिय मार्सल आर्ट्समा कोहलपुरकी विष्णु र सुजतालाई स्वर्ण 

बाँके-  भारतको उत्तर प्रदेशस्थित सहारनपुरमा आयोजना भएको १ औं अन्तर्राष्ट्रिय इन्टिग्रल फाइटिंग ट्रेनिङ सेमिनार तथा इन्डो–नेपाल च्याम्पियनसिप २०२६” मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाएका छन् ।

‎इन्डियन इन्टिग्रल फाइटिंग एसोसिएसन, उत्तर प्रदेश भारतको आयोजनामा मे २ देखि मे ५ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाली खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक तथा उपाधि जित्न सफल भएका हुन् ।

‎‎महिला सिनियरतर्फ बाँकेको कोहलपुर–१२, चप्परगौडीकी विष्णु गिरीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी छन् । लामो समयदेखि नेपाललाई विभिन्न प्रतियोगितामा स्वर्ण पदक दिलाउँदै आएकी विष्णुले प्रतियोगिताभर आत्मविश्वासपूर्ण र दमदार खेल प्रस्तुत गर्दै उपाधि आफ्नो नाममा सुरक्षित गरिन् । उनको यो सफलता नेपाली महिला खेलाडीहरूका लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ ।

‎त्यस्तै, जुनियर महिला तर्फ बाँकेको कोहलपुर–१२, चप्परगौडी निवासी सुजता गिरीले पनि शानदार प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी छन् । कम उमेरमै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउन सफल भएकी हुन् ।

‎प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका विष्णु गिरी र सुजता गिरीलाई मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरी सम्मान गरिएको थियो । आयोजक संस्थाले उनीहरूको खेलकौशल र उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै उक्त सम्मान प्रदान गरेको जनाएको छ ।

‎प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूले फाइनलसम्म पुगेर उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनीहरूको सफलताले नेपाली मार्सल आर्ट्स क्षेत्रलाई थप ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरेको खेलप्रेमीहरूले बताएका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

आधुनिक ‘रक बोल्टिङ’ र ‘एङ्करिङ’ प्रविधिबाट पहिरो नियन्त्रण गरिँदै

आधुनिक ‘रक बोल्टिङ’ र ‘एङ्करिङ’ प्रविधिबाट पहिरो नियन्त्रण गरिँदै

पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि असार १६ गते सुनुवाइ हुने

पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमाथि असार १६ गते सुनुवाइ हुने

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

मृत्यु हुनेको संख्या करिव ६ सय पुग्यो – सार्वजनिक सेवा प्रसारण संस्था

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य निर्वाचित

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपाली टोलीको घोषणा

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान

काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेबिज खोप प्रदान