‎अन्तर्राष्ट्रिय मार्सल आर्ट्समा कोहलपुरकी विष्णु र सुजतालाई स्वर्ण 

‎अन्तर्राष्ट्रिय मार्सल आर्ट्समा कोहलपुरकी विष्णु र सुजतालाई स्वर्ण 

बाँके-  भारतको उत्तर प्रदेशस्थित सहारनपुरमा आयोजना भएको १ औं अन्तर्राष्ट्रिय इन्टिग्रल फाइटिंग ट्रेनिङ सेमिनार तथा इन्डो–नेपाल च्याम्पियनसिप २०२६” मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाएका छन् ।

‎इन्डियन इन्टिग्रल फाइटिंग एसोसिएसन, उत्तर प्रदेश भारतको आयोजनामा मे २ देखि मे ५ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाली खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक तथा उपाधि जित्न सफल भएका हुन् ।
‎
‎‎महिला सिनियरतर्फ बाँकेको कोहलपुर–१२, चप्परगौडीकी विष्णु गिरीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी छन् । लामो समयदेखि नेपाललाई विभिन्न प्रतियोगितामा स्वर्ण पदक दिलाउँदै आएकी विष्णुले प्रतियोगिताभर आत्मविश्वासपूर्ण र दमदार खेल प्रस्तुत गर्दै उपाधि आफ्नो नाममा सुरक्षित गरिन् । उनको यो सफलता नेपाली महिला खेलाडीहरूका लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ ।
‎
‎त्यस्तै, जुनियर महिला तर्फ बाँकेको कोहलपुर–१२, चप्परगौडी निवासी सुजता गिरीले पनि शानदार प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी छन् । कम उमेरमै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउन सफल भएकी हुन् ।
‎
‎प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका विष्णु गिरी र सुजता गिरीलाई मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरी सम्मान गरिएको थियो । आयोजक संस्थाले उनीहरूको खेलकौशल र उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै उक्त सम्मान प्रदान गरेको जनाएको छ ।
‎
‎प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूले फाइनलसम्म पुगेर उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनीहरूको सफलताले नेपाली मार्सल आर्ट्स क्षेत्रलाई थप ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरेको खेलप्रेमीहरूले बताएका छन् ।
‎

Source link

संबधित खबर

धेरै पढ़िएको

Premanand Maharaj Controversy New Update Today (October 6): Aniruddhacharya Slams Media | Premanand Maharaj Disciple Death Case New Update: Aniruddhacharya Shares Views On Ongoing Controversy | Premanand Maharaj Controversy Explodes! Aniruddhacharya Slams Media Over Disciple’s Death Case: Vinash Kale… | What Happened To Premanand Maharaj | Premanand Ji Maharaj | Premanand Maharaj Follower Deepak Lodhi Aka Rasik Dulari Sharan Death

Nani confirms love story film in lineup after wrapping up Sujeeth’s Bloody Romeo: ‘A very subtle and sweet movie’

Nani confirms love story film in lineup after wrapping up Sujeeth’s Bloody Romeo: ‘A very subtle and sweet movie’

Jin from BTS Is the Face of Laneige Bouncy & Firm Eye Patches

Jin from BTS Is the Face of Laneige Bouncy & Firm Eye Patches

Karan Johar To Join Forces With Abhishek Varman To Create The Story of Gadadhari Bheem

Karan Johar To Join Forces With Abhishek Varman To Create The Story of Gadadhari Bheem

Mitta Ror Teams Up with Zee Music Company for New Single ‘Chehra’

Mitta Ror Teams Up with Zee Music Company for New Single ‘Chehra’

7 South OTT Releases to Watch This Week: Soori starrer Mandaadi to Prithviraj Sukumaran’s Khalifa, Eyes

7 South OTT Releases to Watch This Week: Soori starrer Mandaadi to Prithviraj Sukumaran’s Khalifa, Eyes

The Social Reckoning India Release Date, Trailer, Cast And Plot: All You Need To Know

The Social Reckoning India Release Date, Trailer, Cast And Plot: All You Need To Know