कैकुखोलामा पक्की पुल निर्माण – सार्वजनिक सेवा प्रसारण संस्था

कैकुखोलामा पक्की पुल निर्माण – सार्वजनिक सेवा प्रसारण संस्था

म्याग्दीः बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले थासाङ गाउँपालिकाको कैकुखोलामा २० मिटर लामो पक्की पुल निर्माण गरेको हो । योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर जेमकुमार बैठाले पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थालेका बताउनुभयो ।

विसं २०८१ वैशाख ११ मा कैकुखोलाको पुल बनाउन रु पाँच करोड ३४ लाख ६३ हजार ६२४ मा ठेक्का सम्झौता भएको थियो । पुलमा पुग्ने पहुँचमार्गको स्तरोन्नतिका साथै बाढी र कटान रोकथाम गर्ने संरचना पनि निर्माण भएका छन् ।

पर्वतको लामढुङ्गादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकासम्म २०२ किलोमिटर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत हालसम्म १५ वटा पक्की पुल निर्माण भएका छन् । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको घमीखोलामा एउटा पुल निर्माणाधीन छ । सो सडकमा छ वटा ‘बेलिब्रिज’ पनि निर्माण भएका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अमेरिका र चीनबीच व्यापार सहमति

अमेरिका र चीनबीच व्यापार सहमति

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १२ बाट घटाएर ८ मा झारियो

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १२ बाट घटाएर ८ मा झारियो

घट्यो सुनचाँदीको मूल्य – सार्वजनिक सेवा प्रसारण संस्था

घट्यो सुनचाँदीको मूल्य – सार्वजनिक सेवा प्रसारण संस्था

कृषिमा आधुनिक प्रविधिको प्रयोग: ड्रोनबाट औषधि छर्कने काम प्रभावकारी

कृषिमा आधुनिक प्रविधिको प्रयोग: ड्रोनबाट औषधि छर्कने काम प्रभावकारी

राष्ट्रपति पौडेल – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपति पौडेल – सार्वजनिक सेवा प्रसारण संस्था

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै