चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन- चितवन मेडिकल कलेज (सिएमसी)ले संघीय राजधानी काठमाडौँको तीनकुने र बागमती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ ।

यसका लागि काठमाडौँमा अत्याधुनिक अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौँडामा भने भवन निर्माण गर्न हालै शिलान्यास गरिएको हो । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले सिएमसी काठमाडौँको नामबाट आगामी दशैँको घटस्थापनादेखि अस्पताल सञ्चालन हुने जानकारी दिनुभयो । सत्र रोपनी जमिनमा १२ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर अस्पताल सञ्चालन गर्न लागिएको हो । सञ्चालनको सुरुआतमा नै भारतको मेदान्त अस्पतालले यसको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।

अस्पतालमा क्यान्सरसहित अतिविशिष्टिकृत सेवा हुने छ । प्राडा न्यौपानेले भन्नुभयो, “विश्वका सुविधासम्पन्न अस्पतालले दिन सक्ने सेवा यही दिने गरी ठूलो लगानीमा अत्याधुनिक उपकरणसहितको अस्पताल सञ्चालन गर्दैछौँ । सरकर उपचारका लागि विदेश जानुनपर्ने हाम्रो ध्येय रहने छ । ” तीन सय श्ययाको यस अस्पतालले प्रमुख रुपमा क्यान्सरको उपचार गर्ने छ भने यससँगै सबै खालका विशेषज्ञ सेवा अस्पतालले दिने छ । अनुभवी विशेषज्ञ चिकित्सकहरुले अस्पतालबाट सेवा दिने छन् ।

नेपाली लगानीको निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल यो हुने उहाँले दावी समेत गर्नुभयो । यस अस्पताल सञ्चालनमा आएसँगै भारतलगायतका देशहरु जाने बिरामीले सोहीअनुरुपको सेवा स्वदेशमा पाउने प्रा डा न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिएमसी हेटौँडा अस्पतालको निर्माण थालिएको छ । हेटौंडा उपमहानगरपालिका–४ मा अवस्थित, राजमार्गसँगै १९ कट्ठा जमिनमा निर्माण थालिएको हो ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रताप देवकोटाले विसं २०८४ को दशैँबाट सेवा सुरु गर्ने गरी एक सय श्यया अतिविशिष्टिकृत अस्पताल सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । दुई अर्ब ५० करोड रुपैयाँ हाराहारी लगानी हुने अनुमान गरिएको छ ।

सिएमसीको नेतृत्वमा स्थानीय समेत साझेदार रहेको यस अस्पताल सुरु भएसँगै मकवानपुर र आसपासका जिल्लाका बासिन्दा लाभान्वित हुने उहाँले बताउनुभयो । सँगै स्थानीयले रोजगारीको अवसर पाउने भएका छन् । हाल ती क्षेत्रका बिरामी विशिष्टिकृत सेवाका लागि भरतपुर, काठमाडौँ र भारतसमेत जानुपर्ने बाध्यता रहेको छ ।

बीस वर्षअघि भरतपुर महानगरपालिका–१० मा स्थापना भएको चितवन मेडिकल कलेजले सात सय शैय्याबाट सेवा दिँदै आएको छ । नेपालका मेडिकल कलेजहरुमा धेरै बिरामी हेर्नेमध्यको एक यस अस्पतालले त्रिभुवन विश्वविद्यालयका स्वास्थ्यका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग

असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने गरी मर्मत तीव्र

असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने गरी मर्मत तीव्र

‘किङ अफ द हिल’ शैलीको साइबर सुरक्षा प्रतियोगिता हुँदै

‘किङ अफ द हिल’ शैलीको साइबर सुरक्षा प्रतियोगिता हुँदै

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता