साहित्यकार ज्ञवालीको उपन्यास ‘अज्ञात’ सार्वजनिक

साहित्यकार ज्ञवालीको उपन्यास ‘अज्ञात’ सार्वजनिक

काठमाडौँ-  साहित्यकार केशवराज ज्ञवालीको नयाँ उपन्यास ‘अज्ञात’ सार्वजनिक भएको छ ।

काठमाडौँमा आयोजित विशेष कार्यक्रममा ज्ञवालीको उपन्यास सार्वजनिक गरिएको हो । लेखक मोहन मैनाली र लेखक ज्ञवालीले पुस्तक संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा पद्मश्री साहित्य पुरस्कार विजेतासमेत रहनुभएका लेखक ज्ञवालीले गोर्खा राज्यको विस्तार नेपालको वर्तमान भूगोल निर्धारण गर्ने ठूलो घटना भएको उल्लेख गर्नुहुँदै त्यस क्रममा योगदान गरेका तर गुमनाम पात्रहरुको कथालाई आफूले उपन्यासमा उतारेको बताउनुभयो ।

इतिहास लेखन र पठनको सिलसिलामा धेरै पटक राजा, सेनानायकको चर्चा भेटिएको र आम मान्छेहरू आकलझुक्कल आउने गरेको भन्दै हाम्रा पुर्खा संलग्न भएको लडाइँ, जति सेनानायकहरूको थियो, त्यति नै वा त्योभन्दा बढी त्यो समयका भुइँमान्छेहरूको पनि भएकोले उनीहरूको कथा ‘अज्ञात’ मार्फत राख्ने प्रयास गरेको ज्ञवालीले उल्लेख गर्नुभयो।

आम मान्छेको बलमा बनेको यो देशको सीमाले केकस्ता सङ्घर्ष र कष्टको साक्षी बस्यो भन्ने जानकारी पुस्तकले दिने लेखक ज्ञवालीको भनाइ थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

नेपाल टेलिभिजन र सीटीइभीटीबीच सहकार्य सम्झौता

नेपाल टेलिभिजन र सीटीइभीटीबीच सहकार्य सम्झौता

भोटेकोशी बाढी प्रभावित बालबालिकाको पढाइ रोकिँदैन: शिक्षामन्त्री

भोटेकोशी बाढी प्रभावित बालबालिकाको पढाइ रोकिँदैन: शिक्षामन्त्री

राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेताहरूसँग गर्नुभयो छलफल

राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेताहरूसँग गर्नुभयो छलफल