कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौँ–  काठमाडौँ उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रुपमा निर्माण गरिएको संरचना हटाउने अभियानलाई तीव्र पारिएको छ ।

सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको समन्वयमा आज बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएको संरचना धमाधम हटाइएको  काठमाडाँैका सहायक जिल्ला अधिकारी मुक्तिराम रिजालले बताउनुभयो ।

 “कपनको साततले, पाथीभरा, तेन्जिङ चोकलगायत क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा हटाउने क्रम चलिहरेको छ”, उहाँले रासससँग भन्नुभयो ।

       धोबीखोला नदी कोरिडोरअन्तर्गत अनामनगर–देवीनगर, विष्णुमति नदी किनारस्थित कामपा–१६ बालाजु–माछापोखरी र तिलगङ्गा क्षेत्रका अतिक्रमित संरचना खाली गर्नेक्रम चलिरहेको छ । उहाँका अनुसार हालसम्म काठमाडौँ उपत्यकाभित्र करिब दुई हजार तीन सय बढी घरटहरा हटाइएको छ ।

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार देवीनगरमा १५÷२०, बालाजुमा तीन र तिलगङ्गामा ८९ संरचना आज हटाइँदै छ ।

      प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि गत शनिबारदेखि उपत्यकाभित्रका अतिक्रमित संरचना र सुकुमवासी बस्ती हटाउने क्रम सुरु भएको हो । शनिबार काठमाडौँको थापाथाली, सिनामङ्गल–गैरीगाउँ, भक्तपुरको मनोहरालगायत क्षेत्रका संरचना हटाइएको थियो ।

अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई कीर्तिपुर, बालाजु, भक्तपुरलगायत क्षेत्रमा रहेका ‘होल्डिङ सेन्टर’मा राखिएको छ । त्यहाँ राखिएका भूमिहीन सुकुमवासीको पहिचान गरी उनीहरुलाई व्यवस्थापन पनि गरिएको छ ।

बस्ती हटाउने क्रममा प्रभावित बनेका परिवारलाई दीर्घकालीन व्यवस्थापन गर्न सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत वास्तविक सुकुमवासीको पहिचान गर्न थालेको छ । सहरी विकास मन्त्रालयले उपलब्ध गराएको भूमि नभएको दाबी गरेकाहरूको विवरण अभिलेख भिडाउने र रुजु गर्ने लगायत काम पनि जारी छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री

पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान

पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान

गण्डकी प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरु फिर्ता बोलाइयो

गण्डकी प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरु फिर्ता बोलाइयो

भोजपुरमा कोदोखेती घट्दै – सार्वजनिक सेवा प्रसारण संस्था

भोजपुरमा कोदोखेती घट्दै – सार्वजनिक सेवा प्रसारण संस्था

आहा, यस्तो पो झरना ! – सार्वजनिक सेवा प्रसारण संस्था

आहा, यस्तो पो झरना ! – सार्वजनिक सेवा प्रसारण संस्था

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता