काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा), २० वैशाखः चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् । पेट्रोलियम पदार्थ आयातबाट चालु आवको नौ महिनामा सात अर्ब ४४ करोड ७८ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा सात अर्ब ७५ करोड ९४ लाख रुपैयाँ मूल्यबराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी, पाँच अर्ब ८७ करोड १८ लाख रुपैयाँ मूल्य बराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, एक अर्ब ९० करोड ५९ लाख रुपैयाँ मूल्यबराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास, ५७ करोड ५१ लाख रुपैयाँ मूल्यबराबरको पाँच हजार ९८८ किलोलिटर एटीएफ तथा ७० करोड १२ लाख रुपैयाँ मूल्यबराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन कोइला आयात भएको सूचना अधिकारी हुमागाईँले बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता – सार्वजनिक सेवा प्रसारण संस्था

आइतबारको बिदा खारेज गर्न लागिएको होइन 

आइतबारको बिदा खारेज गर्न लागिएको होइन 

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’