नेपालले दियो युएईलाई २९० रनको लक्ष्य

नेपालले दियो युएईलाई २९० रनको लक्ष्य

काठमाडौँ- आइसिसी विश्वकप लिग२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले दीपेन्द्रसिंह ऐरिको शतकीय पारीको सहयोगमा  संयुक्त अरब इमिरेट्स (युएई)लाई २९० रनको चुनौती दिएको छ ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २८९ रनको बलियो योगफल खडा गरेको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै ९४ बलमा १३ चौका र एक छक्काको मद्दतमा १०० रनको शानदार शतक प्रहार गरे । उनी अन्तिम बलमा रनआउट भए ।

मध्यक्रमका ब्याटर गुल्शन झाले ३८ बलमा ४४ रन जोडे । ओपनर विनोद भण्डारीले संयमित इनिङ्स खेल्दै ७९ बलमा ५६ रन बनाए भने कप्तान रोहित पौडेलले ४८ बलमा ३९ रनको योगदान दिए । अर्जुन कुमालले ११ रन बनाउँदा भीम सार्कीले खाता नै खोल्न सकेनन् । आरिफ शेखले ११ रन थपे ।

नेपालले सुरुआती ओभरमा केही दबाब झेले पनि मध्यक्रममा ऐरी र भण्डारीबीचको साझेदारीले इनिङ्स सम्हालेको थियो ।

   युएईका लागि जुनैद सिद्दीकी र अजय कुमारले समान दुईदुई विकेट लिए भने हैदर अली र खुजैमा तनवीरले एकएक विकेट हात पारे । युएई अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित आवश्यक

जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा र जीविकोपार्जन सुनिश्चित आवश्यक

पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेका छन्- संचारमन्त्री

पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेका छन्- संचारमन्त्री