थवाङको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

थवाङको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

काठमाडौँ- रोल्पाको थवाङ गाउँपालिका-१ को  जलजला जाने बाटोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । प्रहरीका अनुसार घटनास्थलमा नै २० जनाको मृत्यु भएको हो ।

रुकुमबाट जलजलामा मेला भर्न गएका यात्रुहरु चढेको जीप दुर्घटनामा परेको थियो ।

जीप सडकबाट करिब ८ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय थवाङका प्रहरी निरीक्षक रामचन्द्र बगालेले जानकारी दिनुभएको छ । थप उद्दार कार्य भइरहेको र मृतकको सनाखत गर्ने काम पनि भइरहेको उहाँको भनाइ छ ।

पानी परेको हुनाले उद्दार कार्यमा कठिनाइ भइरहेको प्रहरी निरीक्षक बगालेले बताउनुभयो । जीपमा कति जना यात्रु थिए भन्ने अझै एकिन भएको छैन ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी