निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी गर्न सुरु

निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी गर्न सुरु

काठमाडौँ- सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ । अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट परियोजनाका रूपमा आजदेखि कार्यान्वयनमा ल्याइएको हो ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अर्धमासिक तलब वितरण प्रणालीको शुभारम्भ गर्नुभयो । महालेखा नियन्त्रक कार्यालयमार्फत कम्प्युटराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) प्रयोग गरी कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाएर यो प्रणाली सुरु गरिएको हो । योसँगै अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो १५ दिनको तलब प्राप्त गरेका छन् ।

अर्थमन्त्री डा वाग्लेले यस्तो व्यवस्थाले बजारमा तरलता बढाउँदै उपभोग र मागलाई सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार हाल सङ्घीय निजामती कर्मचारीमा सीमित यो व्यवस्था क्रमशः सबै सरकारी वेतनधारीमा विस्तार गरिनेछ । उहाँले निर्णयपछि छोटो अवधिमै प्राविधिक तयारी पूरा गरेको भन्दै महालेखा नियन्त्रक कार्यालयलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले प्रणाली विस्तारका लागि कार्यालय पूर्ण रूपमा तयार रहेको जानकारी दिँदै प्रदेश तथा अन्य सरकारी सेवामा पनि क्रमिक रूपमा लागू गरिने बताउनुभयो । उहाँका अनुसार हालको प्रणालीमार्फत आवश्यकताअनुसार १५ दिन वा मासिक रूपमा तलब भुक्तानी गर्न सकिन्छ ।

अर्धमासिक तलब वितरणले बजारमा नियमित माग सिर्जना हुने, साना व्यवसायीको नगद प्रवाह सुधार हुने तथा सेवा क्षेत्र र डिजिटल अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । यहि वैशाख ४ गते अर्थमन्त्री डा वाग्लेले १५ दिनमै तलब भुक्तानी गर्ने व्यवस्था पाइलट परियोजनाका रूपमा अघि बढाउने निर्णय गर्नुभएको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

यदुस्मृति पत्रकारिता पुरस्कार सञ्चारकर्मी दाहाललाई

यदुस्मृति पत्रकारिता पुरस्कार सञ्चारकर्मी दाहाललाई

निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी गर्न सुरु

निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी गर्न सुरु

मेटामाथि इयुको बालसुरक्षा आरोप – सार्वजनिक सेवा प्रसारण संस्था

मेटामाथि इयुको बालसुरक्षा आरोप – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँमा बर्षा, देशका विभिन्न भागमा हावाहुरी, सतर्क रहन आग्रह

काठमाडौँमा बर्षा, देशका विभिन्न भागमा हावाहुरी, सतर्क रहन आग्रह

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

आज साँझ तीव्र गतिमा हावाहुरी चल्ने, उच्च सतर्कता अपनाउन आग्रह

आज साँझ तीव्र गतिमा हावाहुरी चल्ने, उच्च सतर्कता अपनाउन आग्रह

इरान प्रस्तावमा आशङ्का, युद्ध अन्त्य अनिश्चित

इरान प्रस्तावमा आशङ्का, युद्ध अन्त्य अनिश्चित