बुधबार देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने,सतर्कता अपनाउन आग्रह

बुधबार देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने,सतर्कता अपनाउन आग्रह

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भोलि बुधबार साँझ देशका विभिन्न क्षेत्रमा हावाहुरी पनि चल्ने सम्भावना रहेको जानकारी दिएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिमका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनीका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्लामा हावाहुरीको सम्भावना छ।

त्यस्तै, मधेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोशीका मोरङसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यसै गरी महाशाखाले गत शनिबारदेखि पानी पर्ने, बादल लाग्ने भइरहेकामा आज रातिबाट भने प्रि-मनसुन सक्रिय हुने देखिएको बताएको छ ।

पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने आकलन छ।

त्यस्तै, बुधबार कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि पानी पर्ने देखिन्छ। तर, कोशीका पहाडी भूभागका एक–दुई स्थानमा भने ठुलो वर्षाको पनि सम्भावना छ। बिहीबार भने मौसममा केही सुधार हुने  छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी