निरन्तरको वर्षाले देशका विभिन्न सडक खण्डहरु अवरुद्ध

निरन्तरको वर्षाले देशका विभिन्न सडक खण्डहरु अवरुद्ध

काठमाडौः निरन्तरको वर्षाका कारण देशका विभिन्न सडक खण्डहरु अवरुद्ध छन् । वर्षासँगै आएको बाढीले देशका विभिन्न स्थानका सडक खण्डहरुमा सवारी आवागमन प्रभावित हुँदा स्थानीयलाई सास्ती भएको छ । वर्षाका कारण पूर्ण रुपमा अवरुद्ध भएका सडकहरु कतै एकतर्फी सञ्चालनमा आएका छन् त कतै अझै पनि सञ्चालनमा आउन सकेको छैन ।

वर्षा जारी नै रहेकोले सडक सञ्चालनमा समेत समस्या भएको प्रहरीले जनाएको छ । मुख्य सडक खण्डहरुमा सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाएका कारण वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह समेत गरेको छ । आवागमन प्रभावित हुँदा लामो तथा छोटो दुरीका सवारीसाधनहरु बिच बाटो मै अलपत्र परेका छन् । सहज रुपमा यातायात सञ्चालन गर्न नसक्दा सवारी चाप बढेको छ भने घन्टौँ जाममा बस्न यात्रुहरु बाध्य भएका छन् ।

भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से खोल्सामा गए राति एक्कासि आएको बाढीले पुल बगाएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो । स्थानीय तहको पहलमा वैकल्पिक ट्रयाक खोलिएपछि हाल साना सवारीसाधन सञ्चालनमा आएका छन् ।

यता वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग अझै खुल्न सकेको छैन । डिभिजन सडक कार्यालय भक्तपुरलगायतले आज बाटो खुलाउने प्रयास गर्दागर्दै पुनः परेको वर्षाले थप अवरुद्ध बनाएको हो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै अस्थायी डाइभर्सनको काम रोकिएको र वर्षा नभएमा आज बिहानदेखि पुनः सडक आवागमन गराउन डाइभर्सनको कामलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ । रोशी खोलामा आएको बाढीले कटुन्जे–मङ्गलटार सडकका विभिन्न स्थानमा करिब चार किलोमिटर डाइभर्सनमा क्षति पुर्याएको छ । आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ । जलेश्वर नगरभित्रका प्रायःजसो सडक डुबानमा परेपछि सडकमा पैदल हिँडडुल गर्न समस्या भएको हो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने

एनटिसी प्रिपेडका २८ दिने सबै प्याकेज अब ३० दिन

एनटिसी प्रिपेडका २८ दिने सबै प्याकेज अब ३० दिन

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने

प्रधानन्यायाधीशको नियुक्तिको प्रक्रिया अघि बढाउन बाटो खुला

प्रवक्ता पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

प्रवक्ता पोखरेल – सार्वजनिक सेवा प्रसारण संस्था

हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा

हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा

सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक कारोबार गर्ने सार्वजनिक निकाय बनाइने

सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक कारोबार गर्ने सार्वजनिक निकाय बनाइने

राष्ट्रपतिबाट तनहुँमा भानु साहित्य उद्यानको शिलान्यास

राष्ट्रपतिबाट तनहुँमा भानु साहित्य उद्यानको शिलान्यास