छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

गोरखा– जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जान थालेका छन् । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा एक साताअघिदेखि लेकतिर जान थालेका हुन् ।

स्थानीय साङ्पा लामाले ‘सिजन’ सुरु भएसँगै गाउँलेहरू लेकतिर जान थालेको बताउनुभयो । छेकम्पारका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा भएकाले यसपटक हिउँ नपग्लिँदै गाउँलेहरू लेकतिर लागेको उहाँले जानकारी दिनुभयो ।

तिब्बती सीमाना आसपासको छेके र बाजुलगायतका लेकमा पुगेर यार्सागुम्बा सङ्कलन गर्ने गरिएको छ । हरेक याममा याक, चौँरी, घोडामा खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी गरेर लावालस्करसहित स्थानीयवासी लेकतिर जाने गरेका छन् ।

“लेक गएपछि एक महिनासम्म उतै पाल टाँगेर बस्छौँ”, लेकतर्फ जाँदै गरेका फुर्बु लामाले भन्नुभयो, “घर कुर्न बुढापाका गाउँमा बसे पनि अरु सबै उत्तै जाने गरेका छौँ । कोही गइसके, कोही जाँदैछन् ।”

यार्सागुम्बा बेचेर वर्षदिनको खर्चको जोहो गर्नुपर्ने भएकाले सबै काम छोडेर लेकतिर जाने गरेको लामाले बताउनुभयो ।

यहाँको लेकमा यार्सागुम्बा सङ्कलन गर्न छेकम्पारभन्दा बाहिरका बासिन्दालाई निषेध छ । स्थानीयले भने समितिलाई जनही रु ५०० शुल्क तिरेपछि लेकमा जान पाउने नियम बनाइएका छ ।

विगत वर्षहरूमा यार्सागुम्बा सङ्कलन गर्न अभिभावकसँगै बालबच्चा पनि लेकतिरै जाने गरेका थिए । यस वर्ष भने यहाँ बुद्ध आधारभूत विद्यालयले आवासीय सुविधासहित पठनपाठनको व्यवस्था मिलाएपछि केही सहज भएको स्थानीयले बताएका छन् । यस कार्यले बालबालिकाको पढाइमा सघाउ पुग्ने विश्वास गरिएको विद्यालयका मुख्य लामा पासाङ फुञ्जोले बताउनुभयो ।

“हाम्रो करुणा स्वास्थ्य संस्थाले जोसेफ फर डिग्निटी भन्ने विदेशी संस्थाको सहयोगमा वुद्ध आधारभूत विद्यालयलाई चुमगुम्बामा ल्याएर आवासीय सुविधासहित पढाउने व्यवस्था गरेका छौँ”, पूर्ववडाध्यक्षसमेत रहनुभएका पासाङले भन्नुभयो, “यस कार्यपछि अभिभावकहरू लेकतिर गए पनि बालबालिकाहरू छात्रवासमा बसेर पढ्न पाउने छन् । अब विगतमा जस्तो स्कुल बिदा हँुदैन ।”

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो-अर्थमन्त्री डा वाग्ले

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो-अर्थमन्त्री डा वाग्ले

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी