अव्यवस्थित बस्ती हटाउन सरकारको ११ बुँदे निर्णय

अव्यवस्थित बस्ती हटाउन सरकारको ११ बुँदे निर्णय

काठमाडौँ उपत्यकाभित्रका अव्यवस्थित बस्ती हटाउने र त्यहाँका बासिन्दालाई सुरक्षित रूपमा स्थानान्तरण गर्ने सन्दर्भमा सरकारले ११ बुँदे महत्त्वपूर्ण निर्णय गरेको छ । सहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको सरोकारवाला निकायहरूको बैठकले वैशाख १२ र १३ गतेदेखि बस्ती खाली गर्ने कार्य अघि बढाउने निर्णय गरेको हो ।

यस्ता छन् बैठकका मुख्य निर्णय :

सूचना र माइकिङ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचना बमोजिम प्रचारप्रसार गर्ने र संरचना भत्काउनुपूर्व नै माइकिङ गरी बस्ती खाली गर्न पूर्वसूचना दिइनेछ ।

हटाउने र खाली गर्ने : वैशाख १२ र १३ गते संरचनाहरू हटाउन र खाली गर्न आवश्यक पर्ने मेसिनरी उपकरण तथा अन्य सामग्रीको प्रबन्ध विभिन्न निकायले तत्काल मिलाउने छन् ।

मानवीय उद्धार र स्वास्थ्य : उद्धारका क्रममा अशक्त, अपाङ्गता भएका व्यक्ति, बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई प्राथमिकता दिइनेछ । उनीहरूलाई तोकिएको आश्रयस्थल वा अस्पतालसम्म पुर्‍याउन स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स र मेडिकल टिमको व्यवस्था गर्नेछ ।

खानपान र यातायात : सुरक्षित आश्रयस्थलमा पुगेपछि उनीहरूका लागि खाना, खाजा र पानीको व्यवस्था काठमाडौँ महानगरपालिकाले गर्नेछ । सामान ढुवानी र यातायातका लागि गृह मन्त्रालयको समन्वयमा सवारी साधन परिचालन गरिनेछ ।

अल्पकालीन बसोबास र प्रमाणीकरण : विस्थापितहरूलाई अल्पकालीन बसोबासको व्यवस्था सहरी विकास मन्त्रालयले मिलाउने छ । बसोबास क्षेत्रमा प्रत्येक परिवारको ‘भेरिफिकेसन क्याम्प’ खडा गरी तस्बिरसहितको परिचयपत्र वितरण गरिनेछ । वास्तविक सुकुम्वासी पहिचान हुन नसकेका व्यक्तिलाई क्रमशः बिदा गरिनेछ ।

पूर्वाधार निर्माण : बस्ती खाली भइसकेपछि सो स्थानमा भत्केका संरचना हटाउने, ट्र्याक खोल्ने र अन्य पूर्वाधार विकासको काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयले तत्काल सुरु गर्नेछन् ।

केन्द्रीय समन्वय समिति गठन : कार्य सम्पादनलाई प्रभावकारी बनाउन सहरी विकास मन्त्रीको संयोजकत्वमा काठमाडौँ महानगरका प्रमुख र विभिन्न मन्त्रालयका सचिवहरू सदस्य रहेको सात सदस्यीय ‘केन्द्रीय समन्वय समिति’ गठन गरिएको छ । समितिको मातहतमा रहने गरी प्रत्येक निकायले आफ्ना क्षेत्रगत काम गर्न ‘एक्सन टिम’ बनाउने निर्णय भएको छ ।

बस्ती खाली गर्ने, सुरक्षाकर्मी परिचालन गर्ने र पुनर्वासको व्यवस्था गर्दा स्थानीय स्तरमा आउन सक्ने सम्भावित समस्याहरू समाधानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत तत्काल साधनस्रोत उपलब्ध गराइने बैठकले तय गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति