भारतीय सहयोगमा झापाको गौरादह नगरपालिकामा विद्यालय भवन सिलन्यास

भारतीय सहयोगमा झापाको गौरादह नगरपालिकामा विद्यालय भवन सिलन्यास

काठमाडौँ-  भारतको सरकारको सहयोगमा झापामा गौरादहमा विद्यालय भवन निर्माण कार्य सुरु गरिएको छ ।

गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासकी काउन्सलर गीतांजलि ब्रेन्डन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुबेदीले संयुक्त रूपमा शिलान्यास गर्नु भएको हो ।

भारत सरकारको करिब ५.८ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त भवन ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत गौरादह नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीसहित सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ भवनले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय सिकाइ वातावरण निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल–भारतबीच नजिकको छिमेकी सम्बन्धअन्तर्गत बहुक्षेत्रीय सहकार्य भइरहेका बेला यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकास र समृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना