मल आपूर्तिका लागि मन्त्री चौधरीको पहल

मल आपूर्तिका लागि मन्त्री चौधरीको पहल




काठमाडौँ– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले रासायनिक मल आपूर्तिको विषयलाई उच्च प्राथमिकतामा राख्दै परराष्ट्र मन्त्रालयसँग आपूर्तिको पहल गर्नुभएको छ ।

मन्त्री चौधरीले परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै मल आपूर्तिमा देखिएको समस्या समाधानका लागि कूटनीतिक पहल गर्नुभएको हो । पश्चिम एशियामा देखिएको संकटका कारण आपूर्ति व्यवस्थापन सहज गर्नका लागि उहाँले पहल गर्नुभएको हो ।

मौज्दात भएको रासायनिक मलको व्यवस्थापनका लागि मन्त्रालयले सरोकारवाला निकायलाई जानकारी गराई सकेको छ । हालसम्म सरकारसँग करिब असारसम्म पुग्ने मल मौज्दात छ ।

सो पश्चातका लागि मन्त्री चौधरीले थप १ लाख ५० हजार मेट्रिक टन मल जी–टु–जी माध्यमबाट खरिद गर्ने निर्णय गरिसक्नुभएको छ । मन्त्रिस्तरीय निर्णय (२०७९ चैत १९) अनुसार परराष्ट्र मन्त्रालयमार्फत भारतीय पक्षसँग आवश्यक समन्वय अघि बढाइएको छ ।

नेपालस्थित भारतीय दूतावाससँग पनि सम्पर्क गरी प्रक्रिया अगाडि बढाइएको छ । यसबीच, वैकल्पिक व्यवस्थापनका लागि अन्य क्षेत्रबाट पनि पहल भइरहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी