तातो हावा र अत्यधिक गर्मीले तराई लगाएत रौतहटको जनजीवन प्रभावित

तातो हावा र अत्यधिक गर्मीले तराई लगाएत रौतहटको जनजीवन प्रभावित

रौतहट – दिनदिनै बढ्दै गएको गर्मी र तातो हावाको कारण तराई लगाएत रौतहटको जनजीवन प्रभावित बनेको छ ।

विगत केहि दिनदेखि बिहानैबाट तातो हावा चल्ने र दिउँसो तापक्रम ४० डीग्री सेल्सियससम्म पुगेपछि सर्वसाधरण घर बाहिर निस्कन सकेका छैनन् ।

अत्यावश्यक काम बाहेक बाहिर निस्कन सक्ने अवस्था नरहेको स्थानीय हरूले बताए । सोमबार दिउँसो १ बजे सदरमुकाम गौरमा ४० डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।

किसानले लगाएको हिउँदे बाली अत्यधिक सुक्खाका कारण सुक्न थालेको छ । दैनिक मजदुरी गरेर खानेको परिवारलाई तातो हावाको कारण काम गर्न असहज भएको छ ।

नयाँ शैक्षिक सत्रको सुरुआतमा नै गर्मी भएपछि विद्यालयको पठनपाठन पनि प्रभावित भएको छ

तातो हावा चलेसँगै शरीरमा विभिन्न समस्याका केही बिरामीहरु आउन थालेको गढीमाई न.पा स्वास्थ्य शाखा प्रमुख धर्मेन्द्र सहनी बताइएको छ ।

तातो हावाले सुक्खा हुँदा शरीरमा पानीको मात्रा कम हुने हुँदा प्रशस्त मात्रामा पानी पिउन चिकित्सकले सुझाब दिएका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

रास्वपामा पदाधिकारीहरुका लागि निर्वाचनको तयारी

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

हर्मुजमा इरानको चेतावनी – सार्वजनिक सेवा प्रसारण संस्था

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

जनविश्वास भएन भने सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री तिमिल्सिना

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश