ओमानसँग नेपाल ‘ए’ टोली पराजित

ओमानसँग नेपाल ‘ए’ टोली पराजित

काठमाडौँ- ओमान विरुद्धको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ए टोली पराजित भएको छ । काठमाडौँस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा ओमानले नेपाल ए लाई ७० रनले पराजित गरेको हो । ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ए ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २१० रनमा समेटियो ।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । उनले ६२ बलको सामना गर्दै ३ चौकाको सहयोगमा ५२ रनको योगदान गरेका हुन् । त्यसैगरी कप्तान अनिलकुमार साहले ६४ बलमा ६ चौकाको सहयोगमा ५० रन बनाए । त्यस्तै तृतराज दासले ४८ बलमा ३१ रन बनाए । देव खनालले ४३ रन बनाउँदा सन्दीप जोरा २२ रनमा आउट भए ।

बलिङतर्फ ओमानका शकिल अहमदले ३ विकेट लिए भने नदिम खान र मुजिबर अलिले समान २/२ विकेट लिए । त्यस्तै होनैन अलिले १ विकेट लिए ।त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमाविकेट गुमाएर २८० रनको योगफल बनाएको थियो । ओमानका लागि मुजिबुर अलिले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ खेले । उनले ८५ बलको सामना गर्दै ४ चौका र ३ छक्काको मद्दतमा ७२ रन बनाएका हुन् । कप्तान जितेन्दर सिंह ४८ बलमा ५८ रन बनाए । हषिर डपादारले ४६, आशिष ओडाराले २७ तथा विनायक शुक्ला २५ रन बनाए । जितेन रामानन्दी १७ रनमा अविजित रहे ।

यता नेपाल ए का लागि आकाश चन्दले ४ विकेट लिँदा सन्तोष यादवले २ तथा शाहव आलम, शेर मल्ल र रशिद खानले समान १/१ विकेट लिए । नेपाल ए र ओमानबीच अर्को खेल यही वैशाख ११ गते हुनेछ ।

यही वैशाख १२ गतेदेखि सुरुआत हुने आइसिसी विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न ओमान नेपाल आएको हो । उक्त प्रतियोगिताको तयारी स्वरुप ओमानले नेपाल ए टोलीसँग खेलेको हो । विश्वकप लिग दुईको त्रिकोणात्मक सिरिजमा नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई) र ओमान सहभागी छन् । दाबी हो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन – सार्वजनिक सेवा प्रसारण संस्था

समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन – सार्वजनिक सेवा प्रसारण संस्था

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था