कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

भक्तपुर- कृषि विकास बैंक लिमिटेडले आफ्नो ५९औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको आन्तरिक राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

कृषि विकास बैंक कर्मचारी संगठन नेपाल, केन्द्रीय समितिद्वारा आयोजित उक्त प्रतियोगिताले कर्मचारीहरूबीच खेलकुदमार्फत आपसी सद्भाव, सहकार्य र ऊर्जा अभिवृद्धि सहयोग पुर्‍याइएको बताइएको छ ।

वैशाख ६ र ७ गते भक्तपुरस्थित सूर्यविनायक ब्याडमिन्टन समाजको कभर्ड हलमा आयोजित प्रतियोगितामा बैंकका देशभरिका शाखाबाट कर्मचारी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

दुई दिनसम्म चलेका रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलहरूमा खेलाडीहरूले उत्कृष्ट कौशल प्रदर्शन गरेका थिए। प्रतियोगितामा पुरुष सिंगल्सतर्फ टक्कर कुँवर र महिला सिंगल्सतर्फ प्रतिक्षा नेपाल विजेता बने।

रोमाञ्चक फाइनल खेलपछि आयोजित समापन तथा पुरस्कार वितरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ प्रमुख अतिथि रहनुभएको थियो। उहाँले विजेता खेलाडीहरूलाई ट्रफी प्रदान गर्दै यस्ता गतिविधिले कर्मचारीहरूको स्वास्थ्य, आपसी सम्बन्ध र टोली भावना सुदृढ बनाउने बताउनुभयो।  यस्ता कार्यक्रमले संस्थाको उत्पादकत्वमा समेत सकारात्मक प्रभाव पार्ने गुरुङको भनाई छ ।

त्यसैगरी, आयोजक संस्था कृषि विकास बैंक कर्मचारी संगठन नेपालका केन्द्रीय अध्यक्ष इन्द्रमणी घिमिरेले विजेताहरूलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो। बैंकका विभिन्न युनियनका पदाधिकारीहरूले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई मेडल प्रदान गरी सम्मान गरेका थिए।

सोही अवसरमा बैंकमा कार्यरत तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय रेफ्री राकेश यादवलाई राष्ट्रका लागि विशेष योगदान पुर्‍याएको भन्दै प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अध्यक्ष इन्द्रमणी घिमिरेद्वारा संयुक्त रूपमा सम्मान गरिएको थियो।

समग्रमा, उक्त प्रतियोगिता बैंकको वार्षिकोत्सवको एक अविस्मरणीय हिस्सा बन्न सफल भएको छ, जसले खेलकुदमार्फत कर्मचारीहरूको मनोबल उच्च पार्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरुले बताएका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो-अर्थमन्त्री डा वाग्ले

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो-अर्थमन्त्री डा वाग्ले

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी