उदयपुरको बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु

उदयपुरको बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारस्थित पुष्पलाल चोकमा गएराति आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । आगलागीले दुई घर पूर्ण रूपमा जलेका छन् भने जलेको अवस्थामा दुई जनाको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बेल्टारका इन्स्पेक्टर प्रभाप लिम्बूले घटनास्थलबाट दुई जनाको जलेको अवस्थामा कंकाल फेला परेको जानकारी दिनुभयो।

प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट स्थानीय लक्ष्मी खड्का र रविनकुमार दासको घर पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका तथा मधेश प्रदेशअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिकाबाट दमकल परिचालन गरिएको थियो । साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सक्रिय सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

नेप्से परिसूचक १८ अङ्कले घट्यो

नेप्से परिसूचक १८ अङ्कले घट्यो

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रधानमन्त्रीसँग राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी छलफलमा

प्रधानमन्त्रीसँग राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी छलफलमा

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा बन्द हुने

पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा बन्द हुने

विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन