Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय – Khabarofnepal

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय




काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको बताउनुभयो । यसअघि मन्त्रालयले गत आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

“स्वास्थ्यकर्मीका मनोबल र हितलाई ध्यानमा राखी बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न र सरकारको हप्तामा दुईदिन सार्वजनिक बिदाको नीतिअनुरुप आइतबारका पूर्वनिर्धारित शल्यक्रियालगायतका बिरामीको सहजता हेरि ‘रिसेडयुल’ गरी अन्तरङ्ग र आकस्मिक सेवाहरु सधैँझैँ २४ घण्टा सूचारु गरिने छ”, उहाँले भन्नुभयो  ।

मन्त्रालयका प्रवक्ता बुढाथोकीले बिदाको दिनमा बिरामीले कुनै पनि सास्ती भोग्न नपरोस् भनी अस्पतालहरुले सम्भव भएसम्म सेवा प्रदान गर्नसमेत आग्रह गर्नुभएको छ । यस्तै अस्पतालमा उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रुपमा रेफर गर्न र एम्बुलेन्सहरु हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउनसमेत सबै अस्पताललाई अनुरोध मन्त्रालयले गरेको छ ।

मन्त्रालयले सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाको विवरण आफ्नो वेबसाइट तथा सूचनापाटीमा राख्नसमेत अनुरोध गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Pankaj Tripathi And Aditi Rao Hydari Share Screen For The First Time In Parivarik ManuRanjan

Entertainment News Live Updates | Balu Varghese Legal Notice | Balu Varghese Misconduct Allegations | Jailer 2 Day 8 Box Office Collection | Rajinikanth Worldwide Collection

Salaar Part 2: Prabhas and Prithviraj Sukumaran’s sequel to go on floors in June 2027? Find Out

Love Is Blind Season 11: Are Jax & Stew Back Together Post The Engagement Ghosting Drama? Fans Spot Clues | Love Is Blind Jax And Stew Relationship Status | Did Love Is Bind Season 11 (Netflix) Jax And Stew Get Back Together | Love is Blind 11 Jax-Steq Back Together Or Not

Maks Chmerkovskiy Addresses Val Chmerkovskiy’s Suspension

Doosra Movie Review: An experimental affair buoyed by performances

Ramayana Censor Report Viral Tweet | Ramayana Part 1 Runtime | Ramayana Part 1 Duration | Ramayana Censor Rating | Ramayana vs Animal Duration