स्याउका बोट सेताम्मे – सार्वजनिक सेवा प्रसारण संस्था

स्याउका बोट सेताम्मे – सार्वजनिक सेवा प्रसारण संस्था

मुस्ताङ- यहाँको स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको स्याउका बोटहरु फूलेर सेताम्मे हुँदै जान थालेका हुन् ।

स्याउको राजधानीका रुपमा मुस्ताङ परिचित छ । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक शेरबहादुर रावतले गर्मी बढेसँगैस्याउ बोटहरुमा फूल फुलेर सेताम्मे हुन थालेको बताउनुभयो । स्याउलाई चिलिङ (चिस्यान)को आवश्यकता पर्ने प्राविधिक सहायक उहाँको भनाइ छ । स्याउलाई शीतोष्ण प्रदेशीय फलफूलको राजा भन्ने गरिएको उहाँको भनाइ छ । स्याउको फूल र फल लाग्न ४५ दिनको समय सात डिग्री सेल्सियसभन्दा कम तापक्रमको आवश्यकता पर्ने जनाइएको छ । त्यसपछि स्याउको फूल फुल्ने र फल लाग्ने समयमा तापक्रम न्यूनतम १० डिग्रीदेखि २० डिग्री सेल्सियससम्म तापक्रम आवश्यकता पर्ने प्राविधिक सहायक राउतले उल्लेख गर्नुभयो ।

मुख्यगरी असोज र कात्तिक महिनामा स्याउको ‘पोस्ट हार्भेस्ट’ गरिएपछि स्याउ बोटको काँटछाँटलगायत स्याउको बगैँचा व्यवस्था गरेपछि बर्सेनि चैत र वैशाख महिनामा स्याउको फूल फुल्ने प्राविधिक सहायक राउतले जानकारी दिनुभयो ।

स्याउको गुणस्तर तथा उत्पादन वृद्धिका लागि स्याउ बोटमा फूल फुल्ने बेला पोलिनेशन (परागसेचन) आवश्यकता पर्दछ । स्याउका कतिपय प्रजातिहरु स्वतः प्राकृतिक रुपमा परागसेचन हुने र कतिपय स्याउका जातहरुलाई पर परागसेचनको आवश्यकता पर्ने प्राविधिक सहायक राउतले बताउनुभयो ।

परागसेचनका लागि हावा र मौरीको भूमिका हुने उहाँले जनाउनुभयो । एक हेक्टर स्याउको क्षेत्रफलमा करिब छदेखि आठ वटासम्म मौरी घारको व्यवस्थापन गर्न सकिएमा स्याउको उपयुक्त ढङ्गबाट परागसेचन भई उत्पादन र गुणस्तर बढाउने जनाइएको छ ।

चालु वर्ष छ/सात पटकसम्म वर्षा र हिमपात भएको भए पनि स्याउ बोटमा फूल फुल्ने बेलामा प्रतिकूल मौसम, वर्षा र हिमपातले असर पु¥याउने गर्छ । स्याउको फूल फुल्ने समयलाई शीतोष्ण फूलका लागि निकै संवेदनशील समयको रुपमा लिने गरिएको छ । जिल्लाको लोमान्थाङदेखि तल्लो मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रका स्याउ बगैँचाका बोटहरुमा फूल फुलेर सेताम्मे भइसकेको छ । स्याउको एक स्फरमा सात वटासम्म फूल फुल्ने गर्छ । अनाधिकृत स्याउका हाँगाहरुमा फूल फुलेमा प्राविधिकको रुपम आवश्यक फूलहरु रहने गरी फूललाई स्थापित गर्नुपर्ने कृषि तथा पशु शाखा मुस्ताङले उल्लेख गरेको छ ।

घरपझोङ–४ जोमसोमका किसान भूपेन्द्र शेरचनले स्याउको फूल फुल्ने बेलामा मौसमले पूर्ण रुपमा साथ दिनुपर्ने बताउनुभयो । स्याउ बोटमा परागसेचन हुने समयमा वर्षा हुने र मौसम ढुुम्म भएमा स्याउ बोटमा ढुसी पलाएर स्याउको गुणस्तरमा असर पु¥याउने किसान उहाँको भनाइ छ । स्याउ बोटमा अझै पूर्ण रुपमा फूल फुल्न एक साता समय लाग्ने उहाँको भनाइ छ ।

यहाँका किसानलाई स्याउखेतीमा अनुदानलगायत किसानलाई स्याउखेतीको बारेमा जानकारी गराएर यहाँका कृषिसँग सम्वन्धित सरकारी निकायहरुले प्रशिक्षित तुल्याउने गरेको उहाँले जानकारी दिनुभयो । जिल्लामा स्याउखेतीका लागि सम्भावना रहेकाले सरकारले स्याउखेतीका लागि खेर गइरहेका सरकारी बाँझो जग्गालाई भाडाको दायरामा ल्याउने नीति बनाउन आवश्यक रहेको किसान उहाँ बताउनुहुन्छ । रोजगार उपलब्ध नहुँदा धेरैजसो युवाहरु विदेश पलायन हुने गरेको जनाउँदै किसान शेरचनले सरकारले सरकारी जग्गालाई नाप नक्सा गरी उपयोगमा ल्याउन सकेमा किसानको आयस्रोतमा वृद्धि हुने र यसबाट सरकारले पनि राजस्व सङ्कलन गर्नमा टेवा पुग्ने बताउनुभयो ।

जिल्लाका पाँच स्थानीय तहमा गरी स्याउको कूल ८९९.१६ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ । यहाँ स्थानीय परम्परागत स्याउ ८३७.१६ हेक्टरमा र इटालीबाट आयात गरिएको उच्चघनत्व प्रविधिको ‘हाइब्रिड’ स्याउ ६२ हेक्टर क्षेत्रफलमा गरिएको कृषि तथा पशु सेवा शाखाको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये स्याउको उत्पादनशील क्षेत्र स्थानीय जातका स्याउ ५७२ हेक्टर र ‘हाइब्रिड’ स्याउ ५५ हेक्टर छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सगरमाथा आरोही संघमा नयाँ नेतृत्व

सगरमाथा आरोही संघमा नयाँ नेतृत्व

उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग छलफल

उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग छलफल

श्रम मन्त्री यादव र युएईका राजदूतबीच भेटवार्ता

श्रम मन्त्री यादव र युएईका राजदूतबीच भेटवार्ता

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत प्राप्त

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत प्राप्त

प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर

प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर

मनसुनयता सरदरभन्दा कम वर्षा – सार्वजनिक सेवा प्रसारण संस्था

मनसुनयता सरदरभन्दा कम वर्षा – सार्वजनिक सेवा प्रसारण संस्था

भन्सार विभाग – सार्वजनिक सेवा प्रसारण संस्था

भन्सार विभाग – सार्वजनिक सेवा प्रसारण संस्था