आठपहरिया समुदायमा बिसु चाडको रौनक

आठपहरिया समुदायमा बिसु चाडको रौनक

धनकुटा– धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायको प्रमुख सांस्कृतिक पर्व बिसु (बैशाखे चाड) यतिबेला धुमधामका साथ मनाइँदैछ। नयाँ वर्षको आगमनसँगै मनाइने यो पर्व यसपटक तिथिको घटबढका कारण चैत महिनामै परेको हो। रामनवमी पछिको दोस्रो सोमबारदेखि सुरु भई आठ दिनसम्म मनाइने यो चाडलाई आठपहरिया समुदायले वर्षकै पहिलो तथा महत्वपूर्ण पर्वका रूपमा लिने गरेको किराँत आठपहरिया समाजका केन्द्रीय उपाध्यक्ष सुर्य आठपहरियाले जानकारी दिनुभयो।

पर्वको पहिलो दिन भूमिपूजा, दोस्रो दिन मार्गाथानको सरसफाइ तथा लिपपोत, तेस्रो दिन मार्गाथानमा कुखुरा र सुँगुरको बलि चढाउने गरिएको छ। यस्तै चौथो दिन राँगा र सुँगुरको भोज (भेजो) लगाउने, पाँचौँ दिन पितृपूजा गर्ने तथा छैटौँ दिन गाउँका बुढापाका र युवायुवतीहरू भेला भई सामूहिक वनभोज आयोजना गर्ने चलन रहेको छ, यद्यपि पछिल्लो समय वनभोजको प्रचलन घट्दै गएको बताइन्छ।

सातौँ दिन आज “ताराआप्मा” अर्थात् धनुषबाण प्रतियोगिता आयोजना गरिएको छ। आठौँ दिन भोलि मार्गाथानमा विशेष पूजा गरी वर्षभरि अन्नपात र बालीनाली राम्रो होस् भन्ने कामना गर्दै चाडको समापन गरिने किराँत आठपहरिया समाजका केन्द्रीय अध्यक्ष अष्टबहादुर आठपहरियाले जानकारी दिनुभयो।

साथै विशु चाडमा महिलाहरूको सुख–समृद्धिका लागि घर तथा कोठेबारीमा विशेष पूजा गर्ने गरिएको छ। करिब ६ हजार जनसंख्या रहेको आठपहरिया समुदायले बिसु चाडपछि भदौरे (न्वागी) र मंसिरे (वाडाङ्मेट) पर्वसमेत विशेष रूपमा मनाउने गर्छन्, जसमध्ये वाडाङ्मेटलाई सबैभन्दा ठूलो चाडका रूपमा लिने गर्छन। फरक संस्कार र संस्कृति बोकेको यस समुदायले आफूलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गर्दै आए पनि अहिलेसम्म सुनुवाइ हुन सकेको छैन।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति