नागढुङ्गा सुरुङमार्गः सवारी साधनको शुल्क सार्वजनिक

नागढुङ्गा सुरुङमार्गः सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ ।

मन्त्रालयले राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ ।

मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा आज राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनकि गरिएको हो । जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ । यस्तै मिनी बस, मिनी टिपर/ट्रकको प्रवेशका लागि ११५ र बाहिरिँदा ८० तथा बस, ट्रक (सिङ्गल रियर एक्सल) प्रति सवारीसाधन प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ ।

मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ तोकिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित