मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

काठमाडौँ, २५ चैत : प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उहाँहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेट गर्न पुग्नुभएका नियोग प्रमुखहरूलाई प्रधानमन्त्री शाहले सरकार सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिनुका साथै विश्वासका आधारमा पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

“नेपालले सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ । हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ,” प्रधानमन्त्री शाहले भन्नुभयो, “नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्नुभएकामा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।”

विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति साझा प्राथमिकता हुनुपर्नेमा उहाँको जोड थियो ।

प्रधानमन्त्री शाहले भन्नुभयो, “चलिरहेका द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ । यसमा हामी सबै सहमत छौँ भन्ने विश्वास लिएको छु र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु । यहाँ उपस्थित सबै मित्रहरूलाई नेपालको निरन्तर मित्रता र सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।”

प्रधानमन्त्री शाहले नेपाल सरकार लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न,उद्यमशीलतालाई प्रोत्साहन गर्न तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो । उहाँले राष्ट्रिय हितअनुकूल हुनेगरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने लक्ष्य राखिएको पनि उल्लेख गर्नुभयो ।

“नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन । हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौँ,” प्रधानमन्त्री शाहले भन्नुभयो । उहाँले विकास, व्यापार, लगानी, जलवायु अनुकुलनका कार्य तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको जानकारी दिनुभयो । यसैगरी विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको प्राथमिकतामा रहेको विषयमा उहाँले जोड दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Exclusive: Kareena Kapoor to make special appearance in Shah Rukh Khan’s King, to shoot for a song titled Daddy Cool in South Africa

Exclusive: Kareena Kapoor to make special appearance in Shah Rukh Khan’s King, to shoot for a song titled Daddy Cool in South Africa

Robert Kelker Kelly Death Reason | Days Of Our Lives, General Hospital Robert Kelker-Kelly Died At 62 | Robert Kelker Kelly Cause Of Death | What Happened To Robert Kelker Kelly | How Did Robert Kelker Kelly Die | Robert Kelker Kelly Daughter | Robert Kelker Kelly Passed Away After Cardiac Arrest

Sebastian Stan Turned Down Paul Wesley’s Vampire Diaries Role: Reason Why

Sebastian Stan Turned Down Paul Wesley’s Vampire Diaries Role: Reason Why

Jailer 2 Trailer: Tiger Is Back! Rajinikanth Takes On A Deadlier Enemy In Nelson’s Sequel

Jailer 2 Trailer: Tiger Is Back! Rajinikanth Takes On A Deadlier Enemy In Nelson’s Sequel

Bakaiti Season 2 EXCLUSIVE! Rajesh Tailang On Bakaiti 2 Twist, Sanjay-Sushma Fight In ZEE5 Web Series

Bakaiti Season 2 EXCLUSIVE! Rajesh Tailang On Bakaiti 2 Twist, Sanjay-Sushma Fight In ZEE5 Web Series

Varanasi: SS Rajamouli’s son teases ‘crazy action’ in Mahesh Babu film, makers strive for Oscars stunt category

Varanasi: SS Rajamouli’s son teases ‘crazy action’ in Mahesh Babu film, makers strive for Oscars stunt category

Kylie Jenner Wakes Up Kids Stormi, Aire With Megaphones in Adorable Vlog

Kylie Jenner Wakes Up Kids Stormi, Aire With Megaphones in Adorable Vlog