राष्ट्रियसभाका चार समिति सभापति निर्विरोध चयन

राष्ट्रियसभाका चार समिति सभापति निर्विरोध चयन

काठमाडौं–  राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् । आज सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेका समिति बैठकमा दलहरूबीचको सहमतिका आधारमा एक÷एक उम्मेदवारको प्रस्ताव परेपछि उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको हो ।

निर्विरोध निर्वाचित हुनेहरूमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया रहनुभएको राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले जानकारी दिनुभयो ।

चौधरीको प्रस्तावकमा मदनकुमारी शाह (गरिमा), समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला, राईको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा, समर्थकमा दुर्गाकुमारी गुरुङ रहनुभएको छ । यस्तै, पौडेलको प्रस्तावकमा नारायणदत्त भट्ट, समर्थकमा जगत तिमिल्सिना  र रोकायाको प्रस्तावकमा आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा गीता देवकोटा रहनुभएको छ ।

सभापतिका लागि प्रस्तावकले सहमतिको राजनीति, विधिको शासन र लोकतान्त्रिक अभ्यासका लागि सहमतिका आधारमा उम्मेदवारी दिइएको बताउनुभएको थियो । गत फागुन २० गतेदेखि ती समितिका सभापतिको पद रिक्त रहेका थिए ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति