अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि

चितवन- दशौँ अन्तरराष्ट्रिय प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको छ । चितवन उद्योग सङ्घको आयोजनामा हुन लागेको प्रदर्शनी २९ गतेसम्म सञ्चालन हुने छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीका बारेमा जानकारी गराएको छ । नेपालका उद्योगहरूको प्रवर्द्धनका लागि आयोजना गर्न लागिएको प्रदर्शनीले आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने सङ्घका अध्यक्ष मदन घिमिरेले जानकारी दिनुभयो ।

प्रदर्शनीमा उत्पादन तथा सेवामूलक उद्योगको लागि उपयोगी हुने मेसिन तथा प्रविधिको प्रदर्शनी गरिने छ । हस्तकला, गार्मेन्ट, निर्माणजन्य सामग्रीहरू, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, कृषि, ऊर्जालगायतका उत्पादनलाई सहयोग पुग्ने सामग्रीको प्रदर्शनी गरिने छ ।

प्रदर्शनीमा सातवटै प्रदेशका स्टलहरू रहने छन् । राष्ट्रिय आविस्कार केन्द्रको प्रविधि तथा मेसिनरीको स्टल र मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध उद्योगसमेत स्टलमा रहने उहाँले जानकारी दिनुभयो । एक सय वटा स्टल रहने प्रदर्शनीमा २५ हजारभन्दा बढी उद्योगी, व्यवसायीको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ । अहिले नेपालमा उत्पादित सामग्री भारत, इथियोपिया, श्रीलङ्काजस्ता देशमा पुगेको भन्दै उत्पादित वस्तुको बजारीकरणमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पहुँचको लागि वातावरण तयार गर्नका लागि नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्य विषयमा प्रदर्शनीका क्रममा छलफल गरिने छ । युवाहरूलाई उद्योमशीलतातर्फ प्रेरित गर्न, रोजगारी बृद्धि र स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमार्फत स्वदेशी उद्योगको उन्नति एवं समृद्ध राष्ट्र निर्माणका लागि प्रदर्शनी सहयोगी बन्ने सो अवसरमा जानकारी दिइयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन – सार्वजनिक सेवा प्रसारण संस्था

समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन – सार्वजनिक सेवा प्रसारण संस्था

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था