जीप दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते

जीप दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते

गुल्मी-गुल्मीमा शनिबार साँझ पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। दुर्घटना जिल्लाको गुल्मीदरबार गाउँपालिका-४, वीरवास मिसुकामा लु १ च ४९०६ नम्बरको बलेरो पिकअप जीप दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार दुर्घटनामा स्थानीय ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामीको मृत्यु भएको छ।

घाइते हुनेमा ४० वर्षीया जमुना ढेंगा, ४५ वर्षीया सुमित्रा ढेंगा, ३६ वर्षीया पार्वती ढेंगा, ४४ वर्षीया खगी ढेंगा, ३० वर्षीया पम्फा ढेंगा, ३३ वर्षीया कुमारी पुन, २४ वर्षीया निर्मला ढेंगा, ३ वर्षीया चाया ढेंगा, ३१ वर्षीया माया ढेंगा, ४० वर्षीया जमुना ढेंगा र ५५ वर्षीया नैना ढेंगा रहेका छन्।

प्रारम्भिक अनुसन्धानले देखाएको छ कि जीपको ब्रेक फेल भएको कारण दुर्घटना भएको हो। जीप अचानक घरमा ठोक्किएको थियो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पा पठाइएको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

नेपाल टेलिभिजन र सीटीइभीटीबीच सहकार्य सम्झौता

नेपाल टेलिभिजन र सीटीइभीटीबीच सहकार्य सम्झौता

भोटेकोशी बाढी प्रभावित बालबालिकाको पढाइ रोकिँदैन: शिक्षामन्त्री

भोटेकोशी बाढी प्रभावित बालबालिकाको पढाइ रोकिँदैन: शिक्षामन्त्री

राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेताहरूसँग गर्नुभयो छलफल

राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेताहरूसँग गर्नुभयो छलफल