Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
काँग्रेसका नयाँ सदस्यका लागि डिजिटल माध्यमबाट सदस्यता दिने व्यवस्था – Khabarofnepal

काँग्रेसका नयाँ सदस्यका लागि डिजिटल माध्यमबाट सदस्यता दिने व्यवस्था

काँग्रेसका नयाँ सदस्यका लागि डिजिटल माध्यमबाट सदस्यता दिने व्यवस्था

ललितपुर- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण गरी महाधिवेशनको औपचारिक तयारीको सुरुआत गरेको छ ।

कांग्रेसले ७७ वटै जिल्लामा सदस्यता अभियान र साङ्गठनिक सुदृढीकरणका लागि खटिएर जाने प्रतिनिधिहरूलाई अभिमुखीकरण गर्दै आजदेखि महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अभिमुखीकरणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर कार्यक्षेत्रमा खटेर सदस्यता वितरण, अद्यावधिक र साङ्गठनिक अवस्थाको प्रतिवेदन तयार पार्ने बताउनुभएको हो ।

“कांग्रेसको सङ्गठन सुदृढीकरण र सामाजिक अभियानमा जोडिनका लागि ‘जरा अभियान’ सञ्चालन गरिँदै छ । पुराना क्रियाशील सदस्यहरूले वैशाख महिनाभित्र वडावडामा गएर अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्नुपर्नेछ । पार्टीले यसपटक सबै सदस्यलाई कांग्रेस ‘आइडी’ प्रदान गर्नेछ र यो परिचयपत्र नभएका व्यक्तिहरूले १५औँ महाधिवेशनमा भाग लिन पाउने छैनन्”, उहाँले भन्नुभयो ।

महामन्त्री पौडेलका अनुसार पार्टीको केन्द्रीय सभापतिको नेतृत्वमा राष्ट्रियस्तरमा बुद्धिजीवी र पेसाकर्मीहरूसँग संवाद हुनेछ भने जिल्ला तहमा स्थानीय समीक्षा कार्यक्रम सञ्चालन गरिनेछ । उहाँले भन्नुभयो, “नयाँ सदस्यका लागि डिजिटल माध्यमबाट सदस्यता दिने व्यवस्था मिलाइएको छ ।

जरा अभियानअन्तर्गत महाधिवेशनको तयारी, साङ्गठनिक सुदृढीकरण, गएको चुनावको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने गरी चार मुख्य विषय समेटिएका छन् । प्रतिनिधिहरूलाई आवश्यक निर्देशिका, कार्यविधि र फारामसहित जिल्ला पठाइसकिएको छ, वैशाखभर सदस्यता अद्यावधिकको काम अगाडि बढ्ने छ ।”

महामन्त्री पौडेलले पार्टीले तय गरेको पूर्वनिर्धारित कार्यतालिकाअनुसार अभिमुखीकरण सम्पन्न भएको जानकारी दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Ramayana Censor Report Viral Tweet | Ramayana Part 1 Runtime | Ramayana Part 1 Duration | Ramayana Censor Rating | Ramayana vs Animal Duration

Ramayana Advance Booking: Ranbir Kapoor & Yash starrer crosses 50,000 pre-sales at National chains, 13 days ahead release

Inside Alexander Skarsgård, Tuva Novotny’s Private Relationship

Mammootty, Adoor Gopalakrishnan’s Padayaatra Locks Theatrical Release

Ramayana Ticket Price Update | Ramayana Ticket Price Today (October 23, 2026) | Ramayana Ticket Prices In Delhi, Mumbai, Bengaluru | Ramayana Highest Ticket Price

Udta Teer Review: Ayushmann Khurrana’s spy comedy serves a major laugh riot; Late Mukul Dev gets memorable swansong

Julia Roberts, Picket Fences Costars Pay Tribute