धुलिखेल–खावा सडक खण्ड दश दिन बन्द हुने

धुलिखेल–खावा सडक खण्ड दश दिन बन्द हुने

अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्ड कालोपत्रे तथा स्तरोन्नति गर्न आजदेखि १० दिनसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको सरोकारवालाहरूको बैठकले सो सडक खण्डमा आजदेखि यहि चैत्र ३० गतेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो । निर्णयअनुसार उक्त अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सवारी सञ्चालन गर्न पाइने छैन् ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडक खण्डमा एकैपटक पिच, सडक चौडाइ विस्तार, ढल तथा पानी निकास व्यवस्थापन लगायतका काम प्रभावकारी रूपमा सम्पन्न गर्न सवारी आवागमन बन्द गर्नुपरेको हो ।

काठमाडौ उपत्यकाबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायत जिल्लामा जाने सवारी साधन दैनिक रूपमा यही मार्ग प्रयोग गर्ने गर्दछन् तर, पछिल्लो समय सडक जीर्ण बन्दै जाँदा खाल्डाखुल्डी, धुलो, वर्षायाममा हिलो र पानी जम्ने समस्याले यात्रु तथा चालकहरूलाई सास्ती भोग्नुपरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अनुदानमा भैँसी वितरणले किसान उत्साहित

अनुदानमा भैँसी वितरणले किसान उत्साहित

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार