सञ्चारमन्त्री तिमिल्सिना – सार्वजनिक सेवा प्रसारण संस्था

सञ्चारमन्त्री तिमिल्सिना – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले रेडियो नेपालले मुलुकमा लोकतन्त्र स्थापना गर्न ठुलो योगदान पुर्‍याएको बताउनुभएको छ ।

रेडियो नेपालको ७६ औँ वार्षिकोत्सवको अवसरमा रेडियो नेपालमा आयोजित कार्यक्रममा आज मन्त्री तिमिल्सिनाले पहिले र अहिलेको रेडियोको दायरा फराकिलो र फरक भएको चर्चा गर्दै रेडियो नेपालको संरक्षण गर्नु रेडियोमा कार्यरत पत्रकार र कर्मचारीको दायित्व भएको बताउनुभयो ।

रेडियो नेपालको भूमिका लोकतन्त्रको संस्थागत गर्ने हो भन्नुहुँदै मन्त्री तिमिल्सिनाले जिम्मेवार भएर सत्य समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । रेडियो नेपालमा आफूले पनि यसअघि विभिन्न रचनाहरू पठाउने गरेको र साहित्यको सिर्जना त्यसपछि गर्न थालेको उहाँको भनाइ थियो ।

रेडियो नेपालले धेरै स्रष्टाहरू जन्माएको चर्चा गर्नुहुँदै मन्त्री तिमिल्सिनाले देश एउटा ऊर्जा र नयाँ गतिसहित अघि बढेकोले सबै क्षेत्रमा नकारात्मकता हाबी भएको भएपनि अब रूपान्तरण गरिने प्रतिबद्धता जनाउनुभयो ।

देश बनाउन सञ्चार माध्यमको ठुलो भूमिका रहने बताउनुहुँदै उहाँले देशले खोजेको बाटोबारे जनतालाई सुसूचित गराउने काम सञ्चार माध्यमको हो भन्नुभयो ।

सबै कर्मचारी र पत्रकारले इमान्दारितासाथ काम गरेमा संस्था राम्रो हुने र संस्था राम्रो भएमा देश राम्रो हुने उहाँको भनाइ थियो । अरूबाट जबाफदेहिता खोज्नुभन्दा पनि आफू पनि जबाफदेही हुनु अनिवार्य रहेको बताउँदै मन्त्री तिमिल्सिनाले एक इन्च पनि दायाँ बायाँ गर्नेलाई छाड्न नहुने म्यान्डेट जनताले दिएर पठाउनुले आफूहरुले इमान्दारितापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयका बन्द कोठामा हामी कुनै सेटिङ गर्दैनौँ, सेटिङ गर्नेलाई कारवाहीको दायरामा ल्याउने छौँ भन्नुहुँदै मन्त्री तिमिल्सिनाले सबै इमान्दार र जिम्मेवार भएको भए, देश धेरै अघि बढिसक्थ्यो, रेडियो नेपालमा कार्यरत पत्रकार र कर्मचारी सबै इमान्दार भएको भए रेडियो नेपाल पनि धेरै परिवर्तन भइसक्थ्यो भन्नुभयो ।

देशमा आशा र भरोसा सञ्चार गर्नेगरी काम गर्न उहाँले रेडियो नेपालका कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले परिवर्तित समयमा रेडियो नेपाललाई प्रविधिमैत्री बनाउँदै लग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले रेडियो नेपालको अहिले ९४ प्रतिशत नागरिकमा पहुँच रहेको जानकारी दिनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसवी) का कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले विभिन्न आरोह अवरोह खेप्दै रेडियो नेपाल अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो ।सार्वजनिक सेवा प्रसारणमा रेडियो र नेपाल टेलिभिजन रुपानतरण भइसकेपछि संक्रमणकालीन जटिलतालाई न्यूनीकरण गर्दै लगिने अध्यक्ष विष्टको भनाइ थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो-अर्थमन्त्री डा वाग्ले

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो-अर्थमन्त्री डा वाग्ले

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी