विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब रुपैयाँ विप्रेषण

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब रुपैयाँ विप्रेषण

काठमाडौँ- चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बैंकको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३७.७ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । गत फागुनमा विप्रेषण आप्रवाह एक खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ बराबर थियो ।

सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः तीन लाख १७ हजार ०६८ र दुई लाख १७ हजार ४०३ रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा चालु खाता पाँच खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ९७ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा तीन अर्ब ८८ करोड रुपैयाँले बचतमा रहेको छ ।

यस्तै, फागुन मसान्तस्म्म १० अर्ब ८४ करोड रुपैइाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) आठ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो । सो अवधिमा शोधनान्तर स्थिति छ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Nani confirms love story film in lineup after wrapping up Sujeeth’s Bloody Romeo: ‘A very subtle and sweet movie’

Nani confirms love story film in lineup after wrapping up Sujeeth’s Bloody Romeo: ‘A very subtle and sweet movie’

Jin from BTS Is the Face of Laneige Bouncy & Firm Eye Patches

Jin from BTS Is the Face of Laneige Bouncy & Firm Eye Patches

Karan Johar To Join Forces With Abhishek Varman To Create The Story of Gadadhari Bheem

Karan Johar To Join Forces With Abhishek Varman To Create The Story of Gadadhari Bheem

Mitta Ror Teams Up with Zee Music Company for New Single ‘Chehra’

Mitta Ror Teams Up with Zee Music Company for New Single ‘Chehra’

7 South OTT Releases to Watch This Week: Soori starrer Mandaadi to Prithviraj Sukumaran’s Khalifa, Eyes

7 South OTT Releases to Watch This Week: Soori starrer Mandaadi to Prithviraj Sukumaran’s Khalifa, Eyes

The Social Reckoning India Release Date, Trailer, Cast And Plot: All You Need To Know

The Social Reckoning India Release Date, Trailer, Cast And Plot: All You Need To Know

Lala Kent’s Go-to Eye Patches for a “Little Lift” Are on Sale for Prime Day

Lala Kent’s Go-to Eye Patches for a “Little Lift” Are on Sale for Prime Day