हेटौँडामा यही चैत्र २६ गतेदेखि मैत्रीय पूजा हुने

हेटौँडामा यही चैत्र २६ गतेदेखि मैत्रीय पूजा हुने

काठमाडौँ- बोधि श्रवण धर्म संघ नेपालले यही चैत्र २६ गतेदेखि ३० गतेसम्म मानवलगायत सम्पूर्ण जगतको उद्धार गर्न “विश्वशाान्ति महा मै मैत्री बोधि मार्ग दर्शन/मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम” हेटौँडाको लोकतान्त्रिक (हुप्रा) चौरमा गर्ने भएको छ ।

२१औं विश्वशान्ति महा मै मैत्री बोधि मार्ग दर्शन-मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रमले  विश्वशान्ति र मैत्री भावपूर्ण विश्व निर्माण र मैत्री
शान्तिको सन्देश प्रवाह गर्ने संघले जनाएको छ ।

अहिले मानव अन्तरमन तीब्र गतिमा भौतिक र आध्यात्म बीचको द्वन्द्वको चक्रमा अल्झिएको भन्दै संघले असहिष्णुता, हिंसा र बिभाजनतर्फ बढ्दै गइरहेको मानव समाजलाई मैत्री भावपूर्ण शान्ति, सत्य र शुद्धता स्थापित गर्न अनुष्ठानको आयोजना गरिएको उल्लेख गरेको छ ।

संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी मैत्रीभावलाई आत्मबोध गर्दै  अर्पण, समर्पण पूर्ण निष्ठाका साथ निस्वार्थ भाव (मैत्रीभाव) द्वारा गरिने सत्कर्ममा लाग्न सकून भन्ने उदेश्य अनुष्ठानको रहेको जनाएको छ ।

शान्ति, दया, माया, करुणा, मित्रता, मैत्रीयता, सह-अस्तित्व, सह-जीवन, सहकार्य जस्ता मानवताबादी भावना अभिबृद्धि गर्न सहयोग पुग्ने भन्दै संघले सो अनुष्ठानमा सहभागी हुन सबैलाई आह्वान पनि गरेको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी