सूचना, शिक्षा र कला-संस्कृतिको प्रवर्द्धनमा रेडियो नेपालको भूमिका महत्वपूर्ण

सूचना, शिक्षा र कला-संस्कृतिको प्रवर्द्धनमा रेडियो नेपालको भूमिका महत्वपूर्ण

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले ७६ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइरहेको छ । २००७ साल चैत्र २० गते स्थापना भएको रेडियो नेपालले स्थापनाको अवसर पारेर विभिन्न साङ्गितिक तथा सूचनामूलक कार्यक्रमहरुको आयोजना गरेको हो । यसैक्रममा रेडियो नेपालले आज शास्त्रीय सङ्गीत सम्मेलनको आयोजना गर्‍यो ।

शास्त्रीय सङ्गीत सम्मेलनको शुभारम्भ समारोहमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले रेडियो नेपालले सूचना प्रवाह, शिक्षाका साथै कला-संस्कृतिको प्रवर्द्धनमा विगत देखिनै महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो ।

कार्यकारी अध्यक्ष डा विष्टले आज भएको सबै शास्त्रीय सङ्गीत प्रस्तुतिहरू अभिलेखमा सुरक्षित राखिने र शास्त्रीय सङ्गीतलाई स्वदेशी तथा विदेशी श्रोतासम्म विभिन्न माध्यमबाट प्रसारण गरिने योजना रहेको पनि उल्लेख गर्नुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले यस्ता किसिमका साङ्गीतिक सम्मेलनले सङ्गीत क्षेत्रको प्रवर्द्धनमा बल पुग्ने भएकाले आगामी दिनमा पनि गीत सङ्गीतका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

लुम्बिनी प्रदेशले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट

लुम्बिनी प्रदेशले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सुशासन मार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना- राष्ट्रपति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै