Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
कांग्रेसले सातै प्रदेशमा निर्वाचन समिक्षा कार्यक्रम गर्ने, तोक्यो प्रतिनिधि – Khabarofnepal

कांग्रेसले सातै प्रदेशमा निर्वाचन समिक्षा कार्यक्रम गर्ने, तोक्यो प्रतिनिधि

कांग्रेसले सातै प्रदेशमा निर्वाचन समिक्षा कार्यक्रम गर्ने, तोक्यो प्रतिनिधि

काठमाडौँ– नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीको आगामी कार्यदिशाबारे छलफलका लागि प्रतिनिधि तोकेको छ ।

महामन्त्री प्रदीप पौडेलले आज एक विज्ञप्ति जारी गरी पार्टी केन्द्रीय कार्यसमितिको यही चैत १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार छलफल कार्यक्रम सञ्चालन गर्न प्रतिनिधि तोकिएको जानकारी दिनुभयो ।

सातै प्रदेशमा १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग प्रत्यक्ष छलफल गर्दै समग्र निर्वाचन परिणाम, अनुभव र पार्टीको अबको बाटोका सन्दर्भमा समीक्षा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, केन्द्रीय प्रतिनिधिको उपस्थितिमा प्रत्येक क्षेत्रमा स्थलगत अध्ययन तथा विश्लेषणसमेत गरिने जनाइएको छ ।

उक्त कार्यक्रमअन्तर्गत सम्बन्धित प्रदेशमा तोकिएका संयोजकको समन्वयमा केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय सभापति, प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको सहभागिता रहनेछ । कार्यक्रमको व्यवस्थापन सम्बन्धित जिल्ला कार्यसमितिले गर्ने महामन्त्री पौडेलले उल्लेख गर्नुभयो ।

कार्यक्रमको तालिका अनुसार यही चैत २३ गते कोशी प्रदेशको विराटनगरमा हुने कार्यक्रमका लागि डा डिला सङ्ग्रौला पन्त, चैत २५ गते मधेस प्रदेशको जनकपुरमा हुने कार्यक्रमका लागि फरमूल्लाह मन्सुरलाई प्रतिनिधि तोकिएको छ ।

यसैगरी, वाग्मती प्रदेशको हेटौँडामा आगामी वैशाख ७ गते हुने कार्यक्रमका लागि बहादुरसिंह लामा, गण्डकी प्रदेशको पोखरामा यही चैत २७ गतेको कार्यक्रमका लागि देवराज चालिसे, लुम्बिनी प्रदेशको दाङमा  चैत २९ गतेको कार्यक्रमका लागि योगेन्द्र चौधरीलाई प्रतिनिधि तोकिएको छ ।

यस्तै, कर्णाली प्रदेशको सुर्खेतमा आगामी वैशाख ३ गते हुने कार्यक्रमका लागि कर्णबहादुर बुढा र सुदूरपश्चिम प्रदेशको कैलालीमा वैशाख ५ गतेको कार्यक्रमका लागि प्रकाश रसाइली स्नेहीलाई प्रतिनिधि तोकिएको विज्ञप्तिमा जनाइएको छ ।

कांग्रेसले यस कार्यक्रममार्फत निर्वाचन परिणामको समीक्षा गर्दै पार्टी सुदृढीकरण, सङ्गठन विस्तार तथा आगामी रणनीति तय गर्ने लक्ष्य राखेको जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

“A Humanitarian, a Deeply Kind Man,” Anupam Kher On Meeting Stevie Wonder

Udta Teer Day 1 Collection | Udta Teer Opening Day Collection | Udta Teer Day 2 Collection LIVE | Udta Teer Today Collection (October 24, 2026) | Udta Teer Total Collection | Udta Teer Opening Weekend Report

Box Office: Pehla Pyaar Doosri Baar opens with Rs 50 lakh, double of Tum Mere Ho’s first day collection

Why Holland Taylor Left Two and a Half Men Contract, Details Paycheck

Salaar 2 News Back on The Radar on Prabhas’s Birthday

Aura India Tour: Diljit Dosanjh Takes Jibe At Debate Around Delhi Concert After He Gets Clearance From Police

Udta Teer Opening Day Box Office Collections: Ayushmann Khurrana and Sara Ali Khan starrer spy comedy collects Rs 3.75 crore on Day 1