पुरातात्विक तथा ऐतिहासिक महत्वका तीन नयाँ हुलाक टिकटहरु प्रचलनमा

पुरातात्विक तथा ऐतिहासिक महत्वका तीन नयाँ हुलाक टिकटहरु प्रचलनमा

काठमाडौं– हुलाक सेवा विभागले पुरातात्विक तथा ऐतिहासिक महत्वका तीन नयाँ हुलाक टिकटहरु प्रचलनमा ल्याएको छ । विभागको स्वीकृत फिलाटेलिक कार्यक्रम अन्तर्गत जावा दाम (मुद्रा), धुरकोट दरवार गुल्मी र नृसिंह अवतार नाच (कार्तिक नाच) तस्वीर अंकित हुलाक टिकट प्रचलनमा ल्याएको हो । विभागको कार्यालय बबरमहलमा सोमबार ओजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले तीनवटै हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभयो ।

सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले मुलुकको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा र संस्कृतिको जगेर्ना गर्र्दै राष्ट्रिय पहिचानको संरक्षण गर्न हुलाक टिकटले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले हुलाकमार्फत सार्वजनिक सेवालाई नागरिकको समीपमा पुर्याउन हुलाक सेवालाई थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले सरकारको सय बुदे मार्गचित्र अनुरुप कामको गति नयाँ ढंगले बढाउनेगरी कार्ययोजना पेश गर्न विभागलाई निर्देशन दिनुभयो । उहाँले जनतामा आशा जगाउनेगरी सकारात्मक कामको थालनी गर्न पनि आग्रह गर्नुभयो ।मन्त्री डा तिमल्सिनाले हुलाक सेवालाई समयसापेक्षा प्रभावकारी बनाउन, स्मार्ट हुलाकको कामलाई चाडो अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले सबै सरकारी निकायको काम समयसापेक्ष प्रविधिमैत्री बनाउन र नयाँ स्प्रीडका साथ सेवा प्रबाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले हुलाक टिकटमार्फत मुलुको पुरातात्विक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण र प्रचारप्रसार गर्न सघाउपुग्ने बताउनुभयो ।हुलाक सेवा विभागका महानिर्देशक मनमाया पँगेनी भट्टराईले हुलाक टिकटले अन्तराष्ट्रिय जगतमा नबोल्ने राजदूतको रुपमा महत्वपूर्ण योगदानका गर्ने बताउदैँ हुलाक टिकटमार्फत इतिहास, धर्म संस्कृतिको संरक्षण गर्न विभागले त्यस्ता सम्पदा र पहिचानहरुको खोजी गर्दै हुलाक टिकट प्रकाशन गर्ने कार्य गरिरहेको बताउनुभयो ।

सोही अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनालाई विभागकोतर्फबाट स्वागत तथा विभागको कामकारबाहीको बारेमा जानकारी गराइएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी