पूर्वमन्त्री एवम् नेपाली काँग्रेस नेता खड्का पक्राउ

पूर्वमन्त्री एवम् नेपाली काँग्रेस नेता खड्का पक्राउ

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पूर्वमन्त्री खड्कालाई आज बिहान पक्राउ गरेको हो ।

सिआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको नेपालटिभीअनाइलानलाई जानकारी दिनुभयो ।

उहाँलाई उहाँको निवास बुढानीलकण्ठबाट पक्राउ गरिएको र सम्पत्ति शुद्धीकरण मुद्दाको विषयमा उहाँमाथि अनुसन्धान भइरहेको श्रेष्ठले बताउनु भयो ।

भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा बुढानिलकण्ठस्थित उहाँको घरमा रकम भेटिएको सम्बन्धभा पनि प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

यसैबीच गृहमन्त्री गुरुङले पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा  नियन्त्रणमा लिइएको जानकारी दिनु भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास

जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास

कोरला नाकामा भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

कोरला नाकामा भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य

यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटन उर्जामन्त्री अस्पतालमा

त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटन उर्जामन्त्री अस्पतालमा

बाढीले पुल बगाएपछि गोरखा मनास्लु तथा लार्केपास पदयात्रामा रोक

बाढीले पुल बगाएपछि गोरखा मनास्लु तथा लार्केपास पदयात्रामा रोक